११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल र म्यान्मा प्रेस काउन्सिलबीच समझदारीपत्रमा हस्ताक्षर

अ+ अ-

काठमाडौं । प्रेस काउन्सिल नेपाल र म्यान्मा प्रेस काउन्सिलबीच सहयोग आदानप्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र म्यान्मा प्रेस काउन्सिलका अध्यक्ष ओहन केइङसले आज समझदारीपत्रमा हस्ताक्षर गरे । समझदारी पत्रमा २ काउन्सिल बीच पत्रकारितासम्बन्धी सूचना, अनुभव र आदानप्रदान गर्ने, स्तरीय मिडिया शिक्षा र तालिमको माध्यमबाट मिडिया व्यवसायीको क्षमता अभिवृद्धि गर्ने, नैतिक पत्रकारितालाई प्रवर्द्ध गर्नेलगायतका विषय समावेश गरिएको छ । ‘समाचार सङ्कलनसम्बन्धी गोष्ठी, कार्यशाला, आयोजना गर्ने तथा पत्रकारका अनुभव आदानप्रदान गरिनेछ’, समझदारी पत्रमा भनिएको छ ।

नेपाल भ्रमणमा आएको म्यान्मा र श्रीलङ्काका प्रेस काउन्सिलका अध्यक्षसहितको नौ सदस्यीय टोलीलाई प्रेस काउन्सिल नेपालले बुधबार स्वागत गरेको थियो । लुम्बिनी, पोखरा, चितवन, पाल्पा र काठमाडौँलगायतको भ्रमण गर्ने उद्देश्यसहित श्रीलङ्का प्रेस काउन्सिलका अध्यक्ष बन्दुला कोग्गाला बेल्लालागेसहित चार र म्यान्मा प्रेस काउन्सिलका अध्यक्ष केइङसहित ५ जनाको टोली काठमाडौँ आएको थियो ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष श्रेष्ठले काउन्सिलले पत्रकार आचारसंहिता जारी गरेर कार्यान्वयन गर्ने, पत्रपत्रिका वर्गीकरण गर्नेलगायतका काउन्सिलको गतिविधिबारे जानकारी दिए । श्रीलङ्का प्रेस काउन्सिलका अध्यक्ष कोग्गाला बेल्लालागे र म्यान्माका अध्यक्ष ९१ वर्षीय ओहन केइङले भ्रमणले नेपालसँगको सम्बन्ध अझ मैत्रीपूर्ण हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस