११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुलुकको परिवर्तनमा थारु समुदायको भूमिका महत्वपूर्ण : अध्यक्ष दाहाल

अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको परिवर्तनमा थारु समुदायको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

‘मुक्तिक डगर’ थारु भाषाको पत्रिका आज विमोचन गरेपछि उनले जनयुद्धका क्रममा सबैभन्दा बढी मानवीय क्षति थारु समुदायले भोग्नुपरेको स्मरण गर्दै जनयुद्धमा पनि ठूलो सहयोग गरेको स्मरण गरे ।

अध्यक्ष दाहालले शहीदको रगत र बेपत्ता तथा घाइतेको त्यागले ठूलो राजनीतिक परिवर्तन ल्याए पनि सबै सपना पूरा नभएको बताए । ‘हामी यो अवस्थामा आइपुगेका छौँ, यो सबै हजारौँ हजार शहीदको बलिदानले सम्भव भएको हो’, ‘उनले भने, ‘तर यो नै पर्याप्त होइन, शहीदले खोजे जस्तो समाज निर्माण भएको छैन ।’

उनले संविधानले सुनिश्चित गरेका उत्पीडित जाति र समुदायका अधिकार सम्बन्धित वर्गले पाउन नसकेको बताए । अध्यक्ष दाहालले भने, ‘अहिलेको संविधानको विशेषता भनेको यसलाई परिमार्जन गर्न सकिन्छ, त्यसैले उत्पीडित वर्गले प्राप्त गर्न नसकेका अधिकार संशोधनको बाटोबाट पूरा हुनेछन् ।’

थारु समुदायका चर्चित व्यक्तित्व स्व जोखन रत्गैया चौधरीले सम्पादन गरेको सो पत्रिकाको पुनःप्रकाशन शुरु भएपछि विमोचन गरिएको थियो । पत्रिकाको अहिले जोखनकी छोरी इन्दु चौधरीले सम्पादन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस