पाल्पा । जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । तानसेनबाट जल्पा हुँदै बहादुरपुर जाँदै गरेको लु१ज २६५३ नं. को जीप आर्गिडाँडाको ओढारेमा दुर्घटना हुँदा तीन दिनकी एक सुत्केरी सहित पाँच जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा माथागढी ८ बहादुरपुरका ४१ वर्षीया भुमीकुमारी दर्लामी (तीन दिनकी सुत्केरी), २० वर्षीय विरेन्द्र राना(चालक), ४४ वर्षीष यानी सरा गाहा, २३ वर्षीया कुनीसरा रुचाल र ७१ वार्षीय रेवतबहादुर जिसी छन् ।
रातीको समयमा साँघुरो र अप्ठेरो बाटोमा हुदा भित्तामा ठोकिएर दुर्घटना भएको हुन सक्ने जनाइएको छ । जीप करिब पाँच सय मिटर तल खोचमा खसेको छ । दुर्घटनास्थल तानसेनबाट ४० किलोमिटर टाढा पर्छ । घाइते तीन जनाको लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचार भइरहेको छ ।