११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्धारित समय अगावै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चालु हुन्छ : मन्त्री अधिकारी

अ+ अ-

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयभन्दा ६ महीना अघि निर्माण सम्पन्न हुने बताएबा छन्।

जनकल्याण क्लबद्वारा पोखराको काहुँडाँडामा आयोजना गरिएको तेस्रो काहुँ धरहरा महोत्सवको आज उद्घाटन गर्दै उनले विमानस्थल निर्माण कार्य तीव्र गतिमा अघि बढेकाले सन् २०२१ को शुरुदेखिनै सञ्चालनमा आउने विश्वास व्यक्त गरे ।

विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा आएसँगै पर्यटनको विविधिकरण हुने उल्लेख गर्दै उनले सम्भाव्यता अध्ययन गरी आवश्यक भौतिक पूर्वाधार तयार गर्न व्यवसायीलाई आग्रह गरे ।

११ महीनाको अवधिमा हवाई जहाजबाट ११ लाख र सडक यातायातबाट १२ लाख गरी कूल २२ लाख पर्यटक नेपाल आएको तथ्याङ्क उल्लेख गर्दै उनले मुलुकले सन् २०२० सम्ममा लगभग २५ लाख र २०३० को अवधिमा ५० लाखभन्दा बढी पर्यटक भित्र्याउने आधार तयार भएको बताए ।

मुलुकको आर्थिक विकास समृद्धिका लागि पर्यटन महत्वपूर्ण क्षेत्रको रहेको बताउँदै उनले अबको पर्यटन कृषकले उत्पादन गरेको वस्तुको मूल्य र बजारीकरणसहित रोजगार सिर्जना गर्ने खालको हुनुपर्नेमा जोड दिए । वर्तमान सरकार आर्थिक विकास र समृद्धिका लागि क्रियाशील रहेको बताउँदै मन्त्री अधिकारीले स्थानीय, प्रदेश र संघीय सरकार जनताको सेवामा समर्पित रहेको उल्लेख गरे ।

गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङले पर्यटन प्रवद्र्धन प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै पर्यटनको विकास जनताको समृद्धिसँग जोडिने विश्वास व्यक्त गरे । अर्का प्रदेशसभा सदस्य बिन्दु थापाले घरबासको माध्यमबाट शहर केन्द्रित पर्यटकलाई ग्रामीण क्षेत्रमा विस्तार गरी आर्थिक समृद्धिको आधार निर्माण गर्नुपर्ने बताए ।

‘काहुँ दृष्यावलोक एक गन्तव्य’ भन्ने मूल नारासहित आयोजित महोत्सव मङ्सिर २८ गतेदेखि पुस ८ गतेसम्म सञ्चालन हुने महोत्सव व्यवस्थापन समितिका संयोजक दीपकप्रसाद आचार्यले जानकारी दिए।

काहुँ धरहराबाट पोखराको अधिकांश बजारसहित कुमारी हिमाल माछापुच्छ्रे, अन्नपूर्ण हिमशृङ्खला, धौलागिरिलगायतका हिमालको दृष्यावलोकन गर्न सकिने सो स्थानसम्म पुग्नका लागि आवश्यक पूर्वाधार तयार भइसकेको छ । जनकल्याण क्लब आयोजक, फूलबारी क्लब सहआयोजक, नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा एनएमवी बैंक मुख्य प्रायोजक रहेको महोत्सवमा विभिन्न प्रकारका ४० भन्दा बढी कक्ष छन् ।

महोत्सव मूल आयोजक समितिका संयोजक एवं जनकल्याण क्लबका अध्यक्ष देव गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ११ का वडाध्यक्ष मोहनप्रसाद बाँस्तोला, राजेन्द्र आचार्यलगायतले महोत्सवले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस