१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघीय प्रणालीमा कर्मचारी व्यवस्थापनबारे अध्ययन गर्न सामान्य प्रशासन मन्त्री पण्डित भारत प्रस्थान

अ+ अ-

काठमाडौँ ।  संघीय प्रणालीमा कर्मचारी व्यवस्थापनबारे अध्ययन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित छिमेकी मुलुक भारततर्फ प्रस्थान गरेका छन् ।

मन्त्रालयका प्रशासन सुधार महाशाखा प्रमुख भुपाल बराल र स्थानीय तह हेर्ने सहसचिव सुरेश अधिकारी तथा  एक सहयोगी तथा पत्नीसहित ५ सदस्यीय टोलीको नेतृत्व गर्दै मन्त्री पण्डित आज ३ बजे त्यसतर्फ लागेका हुन् ।

टोलीले सोमबार ३ बजे भारतका समकक्षि मन्त्री, कर्मचारी तालिम प्रतिष्ठानका प्रमुख, सङ्घीय लोक सेवा आयोगका अध्यक्ष लगायत कर्मचारी प्रशासनसँग सम्बन्धित विशिष्ट व्यक्तिहरूसँग भेट्ने कार्यक्रम तय भएको छ ।

भारत सरकारले संघीयतामा कर्मचारी कसरी व्यवस्थापन गरेको छ भन्ने विषयमा त्यहाँका उच्च अधिकारीसँग छलफल हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्त्ता तथा भ्रमण टोलीका सदस्य सुरेश अधिकारीले प्रशासनलाई बताए ।

‘भारतको संघीय संरचनामा कर्मचारी व्यवस्थापनबारे अध्ययन, कर्मचारीहरूको वृत्ति विकास, बढुवा तथा सरुवा प्रणाली, नेपालको स्थानीय तहमा भारतीय सरकारको सहयोग लगायतका विषयमा छलफल हुनेछ,’ प्रवक्ता अधिकारीले भने, ‘कर्मचारी पुनर्संरचनाबारे भारतको अभ्यासबाट नेपालका लागि महत्त्वपूर्ण सिकाई हुने विश्वास छ ।’

यससँगै स्थानीय तहका राजनीतिक नेता र कर्मचारीको क्षमता विकासका सन्दर्भमा भारत सरकारबाट हुने सहयोगका बारेमा पनि छलफल हुने अधिकारीले जानकारी दिए ।

टोलीले भारतका केही मुख्य मुख्य प्रदेशहरुस्थित कर्मचारी प्रशासनसँग सम्बन्धित अधिकारीहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । टोली शनिवार फर्किने छ ।

मुलुक संघीय संरचनामा प्रवेश गरेसँगै कर्मचारी व्यवस्थापनमा देखिएको जटिलता तथा बहुचर्चित बन्दै गएको कर्मचारी समायोजन सम्बन्धमा विषयगत मन्त्री तथा विज्ञ कर्मचारीसहितको टोलीको छिमेक भ्रमणले पक्कै पनि सहज निकासका लागि सहयोगी सिद्ध हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस