७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन प्रवर्द्धनका लागि मानाभरा महोत्सव शुरु

अ+ अ-

ताप्लेजुङ । ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्दै ताप्लेजुङको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यका साथ प्रथम मानाभरा महोत्सव शुरु भएको छ । आगामी पुस ७ गतेसम्म सञ्चालन हुने महोत्सवको आइतबार प्रदेश नं १ का प्रदेशसभा सदस्य टङ्क आङ्बुहाङले उद्घाटन गरे । महोत्सवमा पुरुष, महिला फुटबल, पुरुष भलिबललगायतका खेलकूद प्रतियोगिता सञ्चालन हुनेछन् ।

फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमको आहालेटारमा शुरु भएको महोत्सवको दोस्रो दिन आज अन्छङ्बो, सबेन्हिम, साम्रा र इङ्वासामहरुले राज्य गर्दा बस्ने थलो मानिदै आएको यक्चेयक डाँडामा पूजापाठ गर्ने र नजिकै रहेको वाग्मा पोखरीको अवलोकन गर्ने कार्यक्रम रहेको बताइएको छ । यस्तै महोत्सवमा विभिन्न जातजाति तथा समुदायको संस्कृति झल्काउने झाँकीलगायतका प्रर्दशनीसमेत प्रस्तुत भइरहेका छन् ।

मानाभरा, वाग्मा पोखरी, विश्व किराँत लिम्बूहरुको शीर उठाउने स्थल खाम्बुलिङहाङ्साम नाहाङ्मायक मन्दिर, जिन्दाक छ्योसाङ गुम्बा जिल्लाका धार्मिक पर्यटकीय क्षेत्र हुन् । यी क्षेत्रहरु पर्यटन प्रवद्र्धनका हिसाबले अब्बल मानिए पनि प्रचार–प्रसार हुन नसक्दा ओझेलमा छन् । यिनै क्षेत्रको प्रचार–प्रसार र भौतिक पूर्वाधारको विकासमा सबैको ध्यानाकर्षण गराउने उद्देश्यले समेत महोत्सव गर्न लागिएको आयोजकको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस