१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेनी–लभ्लीहिल पदमार्ग निर्माण शुरु

अ+ अ-

बेनी । म्याग्दी सदरमुकाम बेनीबजारदेखि पर्यटकीयस्थल लभ्लीहिल जाने पदमार्ग निर्माण शुरु भएको छ । बेनी नगरपालिका–२ मा रहेको पर्यटकीयस्थल लभ्लीहिल जाने पर्यटकको सुविधाका लागि बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) र म्याग्दी उद्योग वाणिज्य सङ्घको त्रिपक्षीय साझेदारीमा पदमार्ग निर्माण शुरु गरिएको हो ।

बेनीको हाँडेभीरदेखि लभ्लीहिल जोड्ने सो पदमार्गको आइतबारदेखि पूर्वाधार निर्माण शुरु गरिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका द्वितीय उपाध्यक्ष राजेश शाक्यले जानकारी दिए । १ दशमलव ७ मिटर चौडाइ भएको सो पदमार्ग निर्माणमा ७८ लाख बढी लागत अनुमान गरिएको छ । नगरपालिका, मोना र सङ्घले क्रमशः ५०, ४०, र १० प्रतिशत लगानी गर्ने यस पदमार्गलाई आगामी ३ महीनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

पदमार्गको लागि रेखाङ्कन गरिएको क्षेत्रको झाडी सरसफाइ शुरु गरिएको छ । दुईदेखि तीन समूहमा जनशक्ति परिचालन गरेर पदमार्ग निर्माणकार्यलाई तीव्रता दिइने शाक्यले बताए । हाँडेभीरदेखि लम्भीहिलसम्म ६७७ मिटर लामो बाटोमा पक्की ढलान गरिएको पदमार्ग निर्माण हुने सङ्घका अध्यक्षसमेत रहनुभएका पदमार्ग निर्माण समितिका संयोजक उत्तम कर्माचार्यले जानकारी दिए ।

“म्याग्दी भ्रमण वर्षको अवसरमा सरकारी, निजी र प्रवासी म्याग्देलीको साझेदारीमा पर्यटन पूर्वाधार निर्माण गर्न लागेका हौँ, पदमार्ग निर्माणपछि सदरमुकाम बेनीसँगै लभ्लीहिल क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ”, अध्यक्ष कर्माचार्यले भने ।

गत भदौमा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, मोनाका पदमार्ग निर्माण समितिका संयोजकसमेत रहेका उपाध्यक्ष ओमनारायण जुक्जाली र म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष कर्माचार्यले यस पदमार्गको संयुक्त रूपमा शिलान्यास गरेका थिए। मोना–बेनी लभ्लीहिल पदमार्ग नामाकरण गरिएको यस योजनालाई समयमै सम्पन्न गर्ने गरी काम शुरु भएको जनाइएको छ ।

यो पदमार्ग निर्माणले लभ्लीहिलसँगै बेनीको पर्यटन विकासमा महत्वपूर्ण सहयोग पुग्ने नगरप्रमुख श्रेष्ठको भनाइ छ । लभ्लीहिलबाट म्याग्दी नदी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनीबजार, पर्वतबेनीसँगै म्याग्दी र पर्वतका विभिन्न ग्रामीण गाउँबस्ती, कालीगण्डकीको मनमोहक दृश्य, धौलागिरि हिमालको मनोरम दृश्यलाई एकै पटक अवलोकन गर्न सकिन्छ । रासस

प्रतिक्रिया दिनुहोस