काठमाडौं । टोखा नगरपालिका–८, मिलन टोलमा एक महिलाले गएराति सौताको हत्या गरेकी छन् ।
आफन्त समेतलाई संलग्न गराएर मुगुको सोरू गाउँपालिकाकी २६ वर्षीया विष्णुमाया मल्लले मुगुको टोरु गाउँपालिका–८ घर भएकी २३ वर्षीया अजिता मल्ल शाहीको हत्या गरेकी हुन् । अजिता ६ महिनाकी गर्भवती थिइन् ।
हत्याको आरोपमा उनीसहित बहिनी भगवती मल्ल, भदा गन्डिपराज मल्ल र भदाको गर्लफ्रेण्ड रिता केसीपक्राउ परेका छन् ।
महानगरीय अपराध अनुसन्धान महाशाखाकाअनुसार उनीहरुमाति कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिने छ ।