७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्ष र सीपयुक्त कामदारको परिश्रमबाट देशले समृद्धि हासिल गर्छ : प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्ष र सीपयुक्त कामदारको परिश्रमबाट मुलुकले आर्थिक समृद्धि हासिल गर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०१८ को अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् ।

प्रधानमन्त्री ओलीले नेपाल नवीन सोचका साथ आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको बताएका छन् ।

‘देशलाई समृद्ध र सुखी बनाउन सबै तह र तप्काले क्रियाशील हुनुपर्दछ । आर्थिक समृद्धिका लागि श्रमिकको योगदान अपरिहार्य छ’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् ‘नेपालमा श्रमिकको अधिकारका लागि नीतिगत तथा कानुनी आधार तयार भैसकेको छ भने योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रम कार्यन्वयनको चरणमा छ । प्रधानमन्त्री रोजगार कार्यक्रम यसैको एउटा उदाहरण हो ।’

वर्षेनी लाखौँ नेपाली युवा रोजगारीका लागि विदेशीनु पर्ने बाध्यता हटाउन सरकार प्रतिबद्ध रहेको पनि प्रधानमन्त्री ओलीको भनाई रहेको छ । ‘स्वदेशमा आकर्षक रोजगारीका अवसर सृजना गरेर स्वदेश मै गरिखाने वातावरण तयार गर्न सरकार दृढतापूर्वक क्रियाशील रहेको छ’ प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

संयुक्त राष्ट्र संघले १८ डिसेम्बर १९९० मा पारित गरेको आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरूको अधिकार संरक्षण सम्बन्धी महासन्धिको नेपाल पक्ष राष्ट्र भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले आप्रवासी कामदारको हक, अधिकार सुरक्षा र संरक्षणमा सरकार गम्भीर रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस