१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युवाको जीवन धराप’मा राख्ने अवस्थाले अब निरन्तरता पाउँदैन : श्रममन्त्री

अ+ अ-

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाको जीवन ‘धराप’मा राख्ने अवस्थाले अब निरन्तरता नपाउने बताएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०१८ का अवसरमा आज वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सचिवालयले आयोजना गरेको ‘वैदेशिक रोजगारीः अबको बाटो’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले भने,’अझै पनि वैदेशिक रोजगारीका क्षेत्रमा विकृति, विसङ्गति र अपारदर्शीता छन्, अब यस्तो विसङ्गति धेरै दिन रहँदैन, पसिना बगाउने श्रमिक अपमानित बन्नुपर्ने अवस्थाको अन्त्य हुन्छ ।’

मन्त्री विष्टले आप्रवासी श्रमिकको मर्यादित र सम्मानित जीवनयापनको विषय अन्तर्राष्ट्रिय मुद्दा बनेको उल्लेख गर्दै आप्रवासी श्रमिकको हकतिका पक्षमा सबै राष्ट्रले सहकार्य गर्नुपर्नेमा जोड दिए । अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय मञ्चमा आप्रवासी कामदारको अधिकारको विषयले प्राथमिकता पाएको अवस्थामा क्षेत्रीय मञ्चका रुपमा रहेको कोलोम्बो प्रोसेस र अन्तरसरकारी मञ्चका रुपमा रहेको सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता (जिसिएम)ले पनि श्रमिकलाई न्याय दिने गरी आफ्नो भूमिका केन्द्रित गरेको उनले बताए ।

राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुयाँलले १५औँ पञ्चवर्षीय आवधिक योजनामा २५ वर्षीय दीर्घकालीन खाका ल्याउने तयारी गरेको जानकारी दिँदै वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगार बनाउने कार्यक्रम ल्याउने तयारी भइरहेको बताए ।

श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहालले आप्रवासन विश्वव्यापी प्रवृत्तिका रुपमा विकास हुँदै गइरहेकाले यसलाई व्यवस्थित बनाउनुको विकल्प नभएको बताउँदै ‘श्रम आप्रवासनका क्षेत्रमा देखिएका समस्या हल गर्दै व्यवस्थित बनाउन सरकारले कानून निर्माण र नीतिगत सुधारको पक्षमा कदम चाल्दै आएको छ’, भने ।

उनले भने, गन्तव्य मुलुकसँग भएको श्रम समझदारीलाई द्विपक्षीय श्रम सम्झौतामा परिणत गर्ने तयारी भइरहेको छ ।’नेपाल वैदेशिक रोजगार व्यवसायी संघका कार्यवाहक अध्यक्ष रामप्रसाद भन्तनाले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न सरोकारवाला सबैको सामूहिक प्रयत्नको खाँचौ औँल्याउँदै वैदेशिक रोजगारी सुरक्षित र मर्यादित बनाउन सरकारसँग सहकार्य गर्न तयार रहेको बताए ।

उनले भने, ‘व्यवसायी सुध्रन तयार छन्, सामूहिक प्रतिबद्धता र एजेण्डा तयार गरौँ, विदेशबाट सीप र सभ्यता सिकेर फर्केका युवालाई यही स्वरोजगार बनाउने कार्यक्रम शुरु गरौँ, स्वदेशमै प्रशस्त अवसर भएमा वैदेशिक रोजगारी आफै अन्त्य हुन्छ ।’

बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले वैदेशिक रोजगारीमा गएका कामदार तथा तिनका परिवारको अधिकतम् हकहितको रक्षा, सीपयुक्त जनशक्ति निर्माण, वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र तुलनात्मक रुपमा बढी लाभदायी बनाउन तथा स्वदेश फर्किएका कामदारलाई सामाजिक तथा आर्थिक पुनःएकीकरणका कार्यक्रममार्फत स्वरोजगार हुने वातावरण सिर्जना गर्न बोर्ड क्रियाशील रहेको बताए। कार्यक्रममा बोर्ड स्थापना भएको एक दशक पुगेको अवसरमा प्रकाशित स्मारिका विमोचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस