१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विशेष अदालतमा मुद्दा दायर

अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाका साबिक रामपुरविर्ता गाविसका प्राविधिक सहायक प्रदीप ठाकुर र कार्यालय सहयोगी राजकुमार महराविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्राविधिक सहायक ठाकुरले आफ्नो बुबा र आमाको उमेर बढाएर ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता ५ वर्षदेखि बुझ्दै आएको र मृतक व्यक्तिको समेत भत्ता निकासा गरी रु १० लाख ८४ हजार ९१४ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

आयोगका अनुसार सामाजिक सुरक्षा भत्ता वितरण गर्दा ५४६ वटा भर्पाईमा आफैँले औँठाछाप लगाई रू नौ लाख ६२ हजार ९१४, सोही कार्यालयका सहयोगी राजकुमार महराले ६६ वटा भर्पाईमा आफैँले औँठाछाप लगाई रू १ लाख २२ हजार गरी कूल रु १० लाख ८४ हजार ९१४ भ्रष्टाचार गरेको पाइएको छ ।

यस्तै आयोगले आजै प्राथमिक विद्यालय, कडहर्वा पिप्रा, सिरहाका प्रधानाध्यापक रामप्रसाद यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रधानाध्यापक यादवले शौचालय तथा मर्मत शीर्षकमा निकासा रकम, कर्मचारीको सञ्चयकोष र नागरिक लगानी कोष रकम एवं विद्यार्थीको नक्कली हस्ताक्षर गरी छात्रवृत्तिको रकमसमेत हिनामिना गरी रु ५ लाख ५१ हजार ६८४ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ । आयोगका अनुसार विद्यालयको भौतिक निर्माणतर्फ रू ३ लाख ४१ हजार ४४ छात्रवृत्ति वितरणबाट बाँकी रहेको रू दुई लाख १० हजार ६४० भ्रष्टाचार गरेको देखिएको छ ।

त्यस्तै स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश, पोखराका प्रमुख एवं प्रदेश स्वास्थ्य निर्देशक डा.तारानाथ पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह (खुला) को अहेब पदको लिखित परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीलाई लोक सेवाको परीक्षाको अन्तर्वार्तामा उत्तीर्ण गराइदिन्छु भनी पौडेलले रु १ लाख घुस मागेको अभियोग लागेको छ ।

प्रतिक्रिया दिनुहोस