१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार राम्रो बनाउन कर्मचारीको भूमिका प्रमुख : मन्त्री अर्याल

अ+ अ-

काभ्रेपलाञ्चोक । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकार राम्रो बनाउन कर्मचारीको भूमिका प्रमुख रहने बताएका छन् ।

भूमि प्रशिक्षण केन्द्रद्वारा नवप्रवेशी नापी अधिकृतका लागि सञ्चालित तीनमहीने भूमि प्रशासन तथा कार्यालय व्यवस्थापनसम्बन्धी सेवा प्रवेश तालीम समापन कार्यक्रमलाई आज धुलिखेलमा सम्बोधन गर्दै उनले भने, ‘सरकार र कर्मचारी एकअर्काका परिपूरक हुन्, सरकार राम्रो बनाउने कर्मचारीले नै हो ।’ उनले कर्मचारीले राम्रो काम गरे सरकार राम्रो हुने र नराम्रो गरे सरकार पनि नराम्रो हुने जानकारी गराए ।

मन्त्री अर्यालले खटिएको ठाउँमा सुशासन कायम गर्न दत्तचित्त हुन कर्मचारीलाई आग्रह गरे। उनले भने, ‘तपाईहरु आफू प्रशंसित हुने गरी काम गर्नुपर्छ, जहाँ जनताले सहज तवरले सेवा पाऊन्,’उनले कर्मचारीलाई ‘अर्जुन दृष्टि’ कायम राख्न आग्रह गरे । मन्त्री अर्यालले नापी सेवा प्रभावकारी बनाउन प्रविधिको उच्चतम प्रयोग गर्न प्रशिक्षार्थीलाई निर्देशन दिए । उनले २७ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरेका थिए।

कार्यक्रममा मन्त्रालयका सचिव गोपीनाथ मैनालीले मुलुकको परिस्थितिअनुसार आफूलाई ढाल्दै जनताको सेवामा समर्पित रहन आग्रह गरे। उनले भने, ‘तपाईंहरु नजीक हैन, कर्णालीबाट काम शुरु गर्छु भनेर प्रण गर्नुस् ।’ प्रजिअ कृष्णबहादुर राउतले नापी अधिकृतले देशको आर्थिक मेरुदण्डका रुपमा रहेको भूमि व्यवस्थापनको कार्य सम्पादनमा प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस