१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रघुगङ्गा नदीले भवन बगाएपछि त्रिपालमुनि पठनपाठन

अ+ अ-

बेनी । नजीकै देखिने धौलागिरि हिमालको चिसो सिरेठो । छेउमै बग्ने रघुगङ्गा नदीको चिसो हावाले विद्यार्थीहरु कठ्याङ्ग्रिने गर्छन् । रमाइरमाई विद्यालय पढ्नुपर्ने समय उनीहरुका लागि भने निकै कष्टकर बन्ने गरेको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुईनेमङ्गलेमा रहेको रितुङ्ग माध्यमिक विद्यालयका विद्यार्थीहरुको भोगाइ हो यो । गत भदौ २७ गते रघुगङ्गा नदीमा आएको भीषण बाढीले विद्यालय भवन बगाएपछि अहिले यस विद्यालयमा त्रिपाल टाँगेर बनाइएका टहरामा विद्यार्थीहरुलाई पठनपाठन गराउने गरिएको छ ।

खोलाले विद्यालय भवन बगाउँदा सात वटा कक्षा कोठा पूर्ण क्षति भएको छ । कक्षा कोठाको अभाव भएकाले अहिले बाल कक्षादेखि ६ कक्षासम्मलाई खुलाचौरमा बनाइएको अस्थायी टहरामा राखेर पठनपाठन गराइँदै आइएको विद्यालयका प्रधानाध्यापक खिम बहादुर छन्त्यालले बताए । ‘विद्यालयको छेउबाटै खोला बग्छ, अन्य भवन पनि नदी कटानबाट उच्च जोखिममा छन्, यो स्थानमा अब विद्यालय रहन सक्ने अबस्था छैन, अहिले केही विद्यार्थीलाई बाँकी रहेका भवनमा राखेका छौँ तर, त्रिपालमुनि बसेर अध्ययन गर्नुपर्ने विद्यार्थीहरुलाई निकै कष्टकर भएको छ’ – प्रअ छन्त्यालले भने ।

विद्यालय भवन बगाएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको अगुवाइमा विद्यालय परिसरमा त्रिपाल टाँगेर अस्थायी टहरा बनाइएको थियो । अहिले सोही त्रिपालको टहरामा बसेर विद्यार्थीहरुले अध्ययन गर्दैआएका छन् । कक्षा ६ मा अध्ययन गर्दैआएका दिप्शन घर्तिले चिसो मौसममा टहरामुनि बसेर पढ्न निकै गाह्रो हुने गरेको बताए । त्रिपालले छाएको टहराको दायाँबायाँ खुला छ । हिमालको नजीक र खोलाको किनारमा रहेकाले नियमित जसो चिसो हावा चलिरहँदा विद्यार्थीहरु जाडोले कठ्याङ्ग्रिने समस्या रहेको विद्यालयका शिक्षक याम विश्वकर्माले बताए ।

‘विद्यालय भताभुङ्ग अवस्थामा छ, बाल कक्षादेखि ६ कक्षासम्मका बालबािलकाहरु टहरामा बसेर पढ्न बाध्य छन्, बालबालिकालाई रमाइलो वातावरणमा पढ्ने बातावरण सिर्जना गर्नुपर्ने हो तर, कक्षा कोठाको अभावले सम्भव हुन सकेको छैन’ – शिक्षक विश्वकर्माले भने । टहरामा बसेर अध्ययन गर्दा चिसोले सताउने गरेको कक्षा ४ मा अध्ययनरत छात्रा करुणा घर्तिले बताए ।

कक्षा कोठामा अध्ययन गर्दा पढाइतर्फ ध्यान जाने गरे पनि टहरामा अध्ययन गर्दा चिसो र खुला भएकाले पढाइप्रति ध्यान केन्द्रित गर्न कठिनाइ भएको अर्का विद्यार्थी सन्दिप बुढाथोकीले बताए । त्रिपाल टाँगेर बनाइएको टहरामा पठनपाठन गराउँदा विद्यार्थी र शिक्षकलाई अप्ठ्यारो भए पनि वैकल्पिक व्यवस्था नहुँदा थप समस्या भएको छ । चिसोले गर्दा विद्यार्थीहरु बिरामी पर्ने खतरासमेत बढेको विद्यालयका शिक्षक विकास ढकालले बताए ।

‘पठनपाठन नै बन्द गरेर बस्ने कुरा भएन, चिसो अत्यधिक बढेको छ, बालबालिकाहरुलाई टहरामा राखेर पढाउँदा निकै सकस भएको छ, कतै बालबालिका विरामी हुने पो हुन् कि भन्ने डर बढेको छ’ – शिक्षक ढकालले भने । रघुगङ्गा नदीमा आएको भीषण बाढीको कटानले यस विद्यालयको ३ वटा भवनलाई नराम्ररी क्षति पारेको छ भने शौचालयहरु समेत बगाइदिएको छ । कटानले गर्दा अहिले विद्यालयमा अध्यापन गराइरहेकै छेउबाट खोला बग्ने गरेको छ । बाँकी रहेका पूर्वाधारसमेत जोखिममा परेको कारण विद्यालय स्थानान्तरणका लागि जग्गाको खोजी भैरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष गमान छन्त्यालले बताए । उनले विद्यार्थीहरुलाई जस्तोसुकै अवस्थामा रहे पनि अध्ययन गर्नबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले जग्गा खोजी र पूर्वाधार निर्माणका लागि स्रोत जुटाउने पहल भैरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस