१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट फोरेन्सिक भ्यान हस्तान्तरण

अ+ अ-

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध अनुसन्धानका लागि अत्यावश्यक आधुनिक उपकरण जडान गरिएको मोबाइल फरेन्सिक इन्भेष्टिगेसन भ्यान प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रम बीच महानगरीय प्रहरी अपराध महाशाखा, टेकुलाई हस्तान्तरण गरेका छन् ।

प्रहरी महानिरीक्षक खनालले महानगरीय प्रहरी अपराध माहाशाखा,टेकुका प्रमुख प्रहरी वरीष्ठ उपरीक्षक धिरज प्रताप सिंहलाई उक्त भ्यानको चाबी हस्तान्तरण गदै संगठनलाई साधन श्रोत तथा प्रविधि युक्त बनाउन संगठनको प्राथमिकता रहेको बताउँदै यस्ता साधन श्रोतको उचित प्रयोग हुनुपर्ने समेत बताए।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले जनताको अपेक्षा अनुरुप प्रहरी सेवा प्रदान गर्न सम्पूर्ण प्रहरी कर्मचारीले निष्पक्ष, इमान्दारीता एवम् निष्ठापूर्वक उच्च मनोबलका साथ काम गर्नुपर्ने उल्लेख गर्दै यस्ता प्रविधिहरुलाई प्रदेशहरुमा पनि विस्तार गर्दै लैजाने बताए । साथै उनले अनुसन्धानमा खटिने प्रहरी अधिकृतहरुले यस्ता प्रविधिको जिम्मेवारी पूर्वक समूचित प्रयोग गर्न निर्देशन समेत दिए ।

उक्त अवसरमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान तथा कार्य विभागका तर्फबाट प्रहरी नायव महानिरीक्षक सुर्य प्रसाद उपाध्यायले कार्यक्रम सम्बन्धी संछिप्त विवरण एवं मोबाइल फरेन्सिक इन्भेष्टिगेसन भ्यानको महत्व सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान तथा कार्य विभागले अपराध अनुसन्धानलाई थप प्रभावकारी र वैज्ञानिक बनाउने उद्देश्य अनुरुप क्राइम एक्सन प्लान अन्तर्गत आर्थिक बर्ष २०७४र०७५ को बजेटबाट उक्त भ्यान खरिद गरिएको जानकारी दिए ।

९६ लाखमा खरिद गरिएको उक्त मोबाइल फरेन्सिक इन्भेष्टिगेसन भ्यानमा सामान्य क्राइम सिन इन्भेस्टिगेन, सिमेन डिटेक्सन, बुलेट होल टेस्टिङ लगायतका किट लगायतका ४५ लाख रुपैयाँ बराबरका विभिन्न १६ प्रकारका फरेन्सिक इन्भेस्टिगेन किट जडान गरिएका छन् ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राई, प्रहरी नायव माहनिरीक्षकहरु लगायत उच्च प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस