काठमाडौं । बर्दिया र नबलपरासी (बर्दघाट सुस्ता पूर्व) मा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
बर्दिया बढैयाताल गाउँपालिका-८ कण्ठपुरचोकस्थित सडकमा भे.१ क ९८८ नम्बरको टिपरको ठक्करबाट बिहीबार बिहान सोही ठाउँ बस्ने साइकलयात्री ५६ वर्षीय मोतिलाल चौधरीको घटनास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नबलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका(१६ चालिसकिलोस्थित राजमार्गमा ना.४ ख ७०४६ नम्बरको बस बिहीबार बिहान सडकबाट करिब २२ मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका भारत महाराजगंज बुलरिया-९ ग्राम गणेशपुर बस्ने ३५ वर्षीय गौरी शंकर धोबीको मध्यबिन्दु सामुदायिक अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।