९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चोरी गरिएका विभिन्न सामान सहित ४ जना पक्राउ 

अ+ अ-

काठमाडौं । चोरी गरिएका विभिन्न सामानहरु सहित ४ जनालाई बिहीबार दिउसो महानगरीय प्रहरी बृत्त महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं नयाँबजार बस्ने काभ्रे फुलबारी घर भएका प्रज्वल तामाङ, काठमाडौं ढल्कु बस्ने रामेछाप घर भएका अनिल तामाङ, काठमाडौं स्वयम्भु बस्ने मकवानपुर पालुङ घर भएका राजिब देउला र काठमाडौं पक्नाजोल बस्ने दोलखा सिंगटी-२ घर भएका निमा तामाङ रहेका छन् ।

काठमाडौं महानगरपालिका-३ पानीपोखरीस्थित सडकबाट प्रज्वल तामाङ, अनिल तामाङ र राजिब देउलालाई प्रहरीले घर फोर्ने औजार २ थान, फलामको मासु काट्ने हतियार १ थान, पेचकस ३ थान, छिनो २ थान, ल्यापटप १ थान सहित तीनै जनालाई नियन्त्रणमा लिई सोधपुछ गर्ने क्रममा उनीहरुले निमा तामाङको सहयोगमा विभिन्न स्थानमा घर फुटाई चोरी गरेको सामानहरु काठमाडौं महानगरपालिका-१७ ढल्कुस्थित तण्डुकार होटलमा लुकाई छिपाई राखेको भन्ने जानकारी दिए पश्चात उक्त होटल तथा निमा तामाङको कोठा समेतबाट चोरी गरिएका विभिन्न सामानहरु प्रहरीले बरामद गरेको हो ।

प्रहरीले उक्त होटल तथा निमा तामाङको कोठाबाट ल्यापटप २ थान, मोबाइल ९ थान, धलौटको मुर्ती १ थान, सुन जस्तो देखिने औठी १ थान, तिलहरी १ थान, चाँदीको पाउजु १ थान, चाँदीको चुरा २ थान, चाँदीको औठी २ थान, चाँदिको सिक्री १ थान, मोडेल ५० लेखेको क्याप्सुल ७५ थान, घडी १ थान, पेस्तोल आकारको लाईटर १ थान, लेडिजको सानो हाते ब्याग १ थान र लुगा बोक्ने झोला २ थान बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस