१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

७७ किलोवाट विद्युत् सदुपयोग भएन्

अ+ अ-

अछाम । अछामका कतिपय स्थानीय तह र गाउँ विद्युत् बिहीन छन् । कतिपय नागरिक विद्युत् नभएर सोलारको प्रयोग गरिरहेका छन् र विद्युत्का लागि संघर्ष गरिरहेका छन् ।

तर मेल्लेख गाउँपालिकाको ऋषिदहमा रहेको कासागाड लघुजलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बढी भएपछि खेर गइरहेको छ । मेल्लेखको वडा नं १ र २ ऋषिदहका १ हजार बढी घरधुरीका ५ हजार उपभोक्तालाई चौबिसैघण्टा विद्युत् उपभोग गरेर पनि विद्युत् बढी भएपछि खेर गइरहेको छ । २०७० सालबाट नियमित रुपमा बलिरहेको ९२ किलोवाट क्षमताको कासागाड लघुजलविद्युत् आयोजनाबाट हालसम्म स्थानीयवासीले १५ किलोवाट विद्युत् मात्रै उपभोग गरिरहेका छन् ।

बाँकी ७७ किलोवाट विद्युत् सदुपयोग हुननसक्दा खोलामा बगिरहेको आयोजनाका अध्यक्ष अर्जुन धामीले बताए । ५ वर्षदेखि खेर गइरहेको ७७ किलोवाट विद्युत् सदुपयोग हुन नसक्दा आयोजना, गाउँवासी र समग्र गाउँपालिकालाई नै घाटा भइरहेको धामीको भनाइ छ ।

तत्कालीन अवस्थामा वैकल्पिक ऊर्जा, संसदीय कोष र विभिन्न सङ्घ संस्था तथा उपभोक्ताको जनश्रमदान गरी कूल रु एक करोड ४७ लाख लागतमा निर्माण भएको जलविद्युत् आयोजनाको व्यवस्थापन र खेर गइरहेको विद्युत् सदुपयोगका लागि ठोस् योजना नबन्दा सबैलाई घाटा भइरहेको वडा नं– २ का अध्यक्ष दानबहादुर बुढाको भनाइ छ ।

विद्युत्का कारण गाउँमा टुकी र झरो युगको अन्त्य भएको छ, भने स्थानीयवासीलाई कम्प्युटर सिक्न, फोटो धुलाउन, फोटोकपी लगायतका इलेक्ट्रोनिक्टक काम गर्न निकै सहज भइरहेको छ । तर बढी भएर खेर गएको विद्युत् सदुपयोगका लागि कुनै पहल नहुँदा भने स्थानीयवासी निकै चिन्तित छन् । स्थानीयस्तरमा कुटानीपिसानी मिल, फर्निचर उद्योग, कागज तथा अल्लो उद्योग सञ्चालन गर्ने गरि गाउँपालिकाले नीति बनाएर खेर गइरहेको विद्युत् उपयोग गर्न सकिने अवस्था रहेपनि हालसम्म कुनै पहल भएको छैन ।

विद्युत्को हकमा अहिले जे छ, त्यसलाई निरन्तरता दिइने र गाउँपालिकामा राष्ट्रिय प्रशारण लाइन जोडिसकेपछि त्यसको व्यवस्थापन गरिने गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले बताए । खेर गइरहेको विद्युत्लाई अन्धकारमा रहेका अन्य वडाका गाउँबस्तीसम्म वितरण गर्ने गरी गाउँपालिकाले सोचिरहेको अध्यक्ष बोहराको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस