१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रियसभा अध्यक्ष र जापानको माथिल्लो सदनका प्रतिनिधिबीच शिष्टचार भेट

अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना र नेपाल भ्रमणमा रहेको जापानको माथिल्लो सदनका सदस्यबीच शिष्टचार भेटघाट भएको छ । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शुक्रबार भएको भेटमा दुई देशको सम्बन्ध मित्रता, साझेदारी र द्विपक्षीय सहयोगका आधारमा अगाडि बढिरहेको दुबै पक्षले बताए ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले २ देशबीच समान विचारका कारण सम्बन्ध समस्यारहित रहँदै आएको धारणा राखे । उनले aजापानको माथिल्लो सदनका ४ सदस्यीय प्रतिनिधिमण्डलको भ्रमणले नेपाल र जापानको संसदबीचको सम्बन्ध मजबुद हुने विश्वास व्यक्त गरे । ‘यहाँहरुको भ्रमणले दुई देशको सम्बन्ध सरकार, संसद र जनतासम्म प्रगढ हुने विश्वास लिएको छु,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘सम्बन्ध र सहकार्यलाई मजबुद बनाउन सरकार प्रमुख तहमा समेत भ्रमण आदानप्रदान हुन जरुरी छ ।’

अध्यक्ष तिमिल्सिनाले नयाँ संविधान निमार्ण पश्चात तीन तहको निर्वाचन सम्पन्न गरी आवश्यक कानुन निमार्णमा संसद लागिरहेको जानकारीगराए । साथै उनले समृद्ध नेपाल, सुखी नेपालीको नारा लिएर आगडि बढेको सरकारले पूर्वाधारसँगै उद्योग, व्यापार, पर्यटन र कृषिको आधुनिकिकरण जोड दिइरहेको बताए । ‘नेपालको समृद्धिको यात्रामा जापानको पूर्ण साथ र सहयोग हुने अपेक्षा लिएका छौं, उनले भने ।

सो अवसरमा जापानका जनताबीच पनि सुमधुर सम्बन्ध रहेको बताउदै अध्यक्ष तिमिल्सिनाले बताए, ‘नेपाल र जापानमा अध्ययन, रोजगारी र व्यापारको शिलशिलामा पुगेका नेपाली पुगेका छन् । त्यस्तै बुद्ध जन्मभूमी नेपालमा जापानी नागरिक घुम्न आउछन् । यो संख्या अझै बढ्ने अपेक्षा लिएको छु ।’

त्यसैगरी जापानी प्रतिनिधिमण्डलका संयोजक कत्सोमी ओगाआले नेपाल र जापानबीचको सम्बन्ध सुमधुर रहेको र यसलाई जनस्तरसम्म पु¥याउन आफूहरु नेपाल आएको बताए । उनले भ्रमणका क्रममा नेपालमा जापानको सहयोगमा निमार्णाधिन पाँच परियोनाको अवलोकन भ्रमण गरेको बताए । ‘हाम्रो पुरानो मित्र राष्ट्र नेपाल स्थायी सरकार निमार्ण गरी समृद्धिको यात्रामा रहेको छ, उनले भने, ‘नेपालको यो यात्रामा सहयोग र साथ दिन तयार छौं ।’ ओगाआले देशको समृद्धिको यात्रामा सबैभन्दा पहिले जनताको वृत्ति विकासमा जोड दिन जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस