१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुल निर्माणको शुरुबाटै अनुगमन गरीन्छ : मन्त्री महासेठ

अ+ अ-

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आगामी दिनमा निर्माण हुने नयाँ पुल गुणस्तरीय बनाउन निर्माणको शुरुआती चरणदेखि नै अनुगमन गरिने बताएका छन् ।

मन्त्रालयले आज आयोजना गरेको दोस्रो चरणको पुल निर्माण तथा सुधार कार्यक्रममा मन्त्री महासेठले यसअघि निर्माण भएका पुलको गुणस्तरीय नहुनुको मुख्य कारण निर्माण सकेपछि अन्तिम चरणमा मात्र गरिने अनुगमन रहेको भन्दै त्यसलाई सच्याइने बताए। पुल निर्माणको लागि जिम्मा लिएको कम्पनीलाई आफ्नो कामप्रति जिम्मेवार भएर प्रभावकारी रुपमा लागि पर्न मन्त्रीले निर्देशन दिए ।

मन्त्रालयका सचिव मधुसुधन अधिकारीले निर्माण गर्ने इञ्जिनीयरलाई निर्माणसम्बन्धी तालीम दिएर अब निर्माण हुने पुल लामो समयसम्म सञ्चालन गर्न सकिने गरी दिगो बनाउनुपर्ने बताए ।

सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले नयाँ पुल निर्माणसँगै भएका पुराना पुल मर्मतको काम पनि त्यतिकै आवश्यक रहेकोमा जोड दिए । विश्व बैंकका प्रतिनिधि ओस्नी क्युले पुल निर्माण तथा मर्मत कार्य निर्धारित समयमै सकिनेमा आफू ढुक्क रहेको धारणा राखे । यस कार्यक्रमअन्तर्गत मुख्य राजमार्गका निर्माण भएका पुलको मर्मत र निर्माणको काम पर्ने सडक विभागका प्रवक्ता मुक्ति गौतमले जानकारी दिए ।

पञ्चवर्षे योजनाअनुरुप २०१८ डिसेम्बरदेखि २०२३ जुलाइसम्म यो कार्यक्रम रहने छ । यस अवधिमा कतिवटा पुल निर्माण र मर्मत गरिन्छन् भन्ने अहिलेनै एकिन भने भएको छैन । वार्षिक १० वटासम्म पुल निर्माण सम्मन्न हुने गरेको विभागका पुल महाशाखा प्रमुख दीपक भट्टराइले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस