८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली प्रदेशमा विकास खर्च बढाउँछौँ : मन्त्री ज्वाला

अ+ अ-

वीरेन्द्रनगर । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले विकास खर्च हुने गरी काम अघि बढेको बताएका छन्।

मन्त्री ज्वालाले आवश्यक कानून र कर्मचारीको अभावका कारण विकास खर्च हुन नसकेको भन्दै त्यसको खर्चको लागि प्रक्रिया अगाडि बढाएको बताए। यसको लागि बोलपत्र प्रक्रिया अगाडि बढाउनेदेखि समिति गठनजस्ता काम अगाडि बढाउने गरी योजना बनाएको बताए ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले आज वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा मन्त्री ज्वालाले भने, ‘यसपटक पहिलो वर्ष भएकाले पनि सोचेजस्तो खर्च भएको छैन, अब विकास खर्च गर्ने गरी काम गर्छौं ।’ त्यसैगरी प्रदेश सरकारले वैदेशिक सहयोग जुटाउनको लागि तत्पर रहेको बताए । उनले कर्णाली प्रदेशमा लगानीमैत्री वातावरणको लागि सरकार लागिपरेको उल्लेख गरे ।

संघीय सरकार कर्णालीमैत्री भएमा यस प्रदेशमा विकास निर्माणका काम अगाडि बढाउन सहज हुने ज्वालाको भनाइ थियो । कार्यक्रममा मन्त्रालयका सचिव ढुण्डीप्रसाद निरौलाले मन्त्रालयले हालसम्म रु २ अर्ब ५० करोड ८३ लाख खर्च भएको जानकारी दिए जसमध्ये आकस्मिक कोषमा २ अर्ब र प्रदेशका सबै स्थानीय तहमा २० करोड रहेको छ । अख्तियारीमार्फत रु ३० करोड ८३ लाख खर्च भएको उनले बताए । यसरी हेर्दा अहिलेसम्म ११ प्रतिशत प्रगति भएको मन्त्रालयका सचिव निरौलाको भनाइ थियो ।

कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका सदस्य दीपेन्द्र रोकायले विकास निर्माणमा गाँठा फुकाउने काम भइरहेको बताए । यस प्रदेशलाई ‘प्रोजेक्ट’ बैंकका रुपमा विकास गरिने उनको भनाइ थियो । आयोगका सदस्य रोकायले कर्णाली प्रदेशलाई सडक, विद्युत्, एकीकृत बस्ती विकासजस्ता पूर्वाधार निर्माण तथा अर्गानिक प्रदेशको रुपका विकास गर्ने गरी काम अगाडि बढेको बताए ।

प्रतिक्रिया दिनुहोस