डोटी । पछील्लो समयमा सुदुरका पहाडी जिल्लाहरुमा जमिनको भित्री भागबाट पानी निकाल्ने लिप्ट सिस्टम (डिप बोरीङ) प्रविधि फस्टाउदै गएको छ ।
समुन्द्री सतहबाट २ हजार उचाईसम्म रहेका भौगोलिक रुपमा विकट मानिने अधिकांश अग्ला अग्ला डाडाँहरुबाट मेसिन प्रयोग गरी पानी निकाल्ने प्रविधि सफल संगै यो प्रविधि दिनानु दिन बढ्दो क्रममा रहेको छ । डोटीमा पनि यो प्रविधि चलन चल्ती रुपमा दिनानु दिन बढिरहेको छ । केही समय अगाडी दिपायल सिलगढी नगरपालिकाले वडा नम्बर ५ घोल्तडा, वडा नम्बर ४ पिपल्ला बजारमा पानी निकाल्ने काम सफल भएको छ भने वडा नम्बर १ सिरखोली सैनमा निकाल्ने तयारी गरिरहेको दिपायल सिलगढी नगरपालिकाकी नगर प्रमुख मंजु मलासिले बताइन् ।
नगर प्रमुख मलासिका अनुसार पानीको समस्या भएको ठाउँको लागि उपयोगी भएको पानीको समस्या टर्ने बताईन् । त्यस्तै डोटीको शिखर नगरपालिकामा वडा नम्बर ६ मा पनि नगरपालिकाको कार्यालय रहेको स्थानमा पानी निकाल्ने कार्य सफल भएको शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले बताए । उनले भने ‘सर्वदलीय संयन्त्रले नगरपालिकाको कार्यालय तलकोटमा रहने छ भनेर निणर्य गरिसकेको थियो तर यहाँ जग्गा जमिन प्रसस्त मात्रामा भएपनि खानेपानीको साहै समस्या थियो त्यसैले हामीले लिप्ट प्रविधि प्रयोग गर्यौ सफल भयौ अब पानीको समस्या हुन्न ट्याङकी निमार्ण पश्चात पानी बितरण गर्ने योजना बनाएको बताए ।’
लिप्ट प्रविधि मार्फत शुक्रबार बडीकेदार गाउँपालिकाले पनि गाउँपालिकाको कार्यालय रहेको स्थान वडा नम्बर २ खड्यौलीमा पानी निकाल्ने कार्यको सुरुवात गरेको बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक पाण्डेले बताए । अधिकृत पाण्डेका अनुसार समुन्द्री सतह देखी १९ सय मिटर उचाईमा रहेको खड्यौली क्षेत्रमा अबको ९,१० दिनमा पानी आउने बताए । करिब ५० लाख बराबरको लगानिमा सुरु भएको पानी निकाल्ने प्रविधि १ सय ६० एम एमको पाईपको प्रयोगबाट १ सेकेन्डमा ३ लिटर पानी आउने सम्भावना रहेको समेत अधिकृत पाण्डेले बताए ।
पानीका मुहान नभएको अग्ला अग्ला डाडाँहरुमा बस्ती भएका क्षेत्रको लागि यो प्रविधि अत्यत उपयोगी हुने बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दले बताए । उनले भने’पानी छैन भने केही छैन त्यसैले बडीकेदार गाउँ पालिकाको कार्यालय रहेको स्थानमा पानि छैन १ घण्टा तलबाट पीठीउमा पानी बोकेर ल्याउनु पर्छ नुहाउने, कपडा धुने त सपना जस्तो हुन्छ दिनहु खानपिन र चर्पिमा प्रयोग गर्न पनि समस्या हुन्छ गाउँपालिकामा आउने कर्मचारीहरुको सबैभन्दा ठुलो समस्या र चुनौतिको बिषय पानी पनि एक हो त्यसैले पानि निकाल्ने प्रविधि तर्फ लागेका छौ आशा छ पानी आउन्छ । ‘
सुदुरका पहाडी जिल्ला अछाम जिल्लाबाट सुरुभएको यो प्रविधि हाल डोटी, डडेलघुरा, बाजुरा, बझाङ, बैतडी जिल्लाहरुमा पनि दिनानु दिन प्रयोगमा आईरहेका छन् । यो प्रविधि प्रयोग गरेर निकालेको पानी १५ देखि २५, ३० वर्ष सम्म चल्ने कार्यरत कम्पनीहरु बताउन्छन् । पो प्रविधिमा हाल धनगढीमा रहेका विभिन्न कम्पनीहरुले काम गरिरहेका छन् ।