१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वी चितवनमा १५ शय्याका दुई अस्पताल

अ+ अ-

चितवन । प्रदेश सरकारले पूर्वी चितवनको दुई ठाउँमा १५ शय्याको अस्पताल बनाउने भएको छ । राप्ती नगरपालिकास्थित भण्डारा स्वास्थ्यचौकी र कालिका नगरपालिकास्थित जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाइने भएको हो ।

ती दुई संस्थाको स्तरवृद्धि गर्न प्रदेश सरकारले स्वीकृति प्रदान गरिसकेको प्रदेश नं ३ का भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले जानकारी दिए। अस्पताल सञ्चालनका लागि उपकरण खरीद गर्न सरकारले रकमसमेत छुट्याएको उनले बताए ।

उक्त नगरपालिकामा छ सरकारी स्वास्थ्य संस्था भए पनि चिकित्सकको दरबन्दी छैन । अस्पताल सञ्चालनमा आएपछि चिकित्सकको सेवा पनि शुरु हुने र जटिल किसिमका बिरामीलाई राहत मिल्ने नगरप्रमुख प्रभा बरालले बताए । यहाँका नगरवासीमा जटिल खालको समस्या आइपरे सदरमुकाम भरतपुर नै धाउनुपर्ने बाध्यता छ ।

भण्डारा स्वास्थ्यचौकीमा तत्कालै अस्पतालको सेवा सञ्चालन गरिने र पछि निर्माणाधीन वडा कार्यालयको भवनमा अस्पताल सारिने उनले जानकारी दिए । अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले रु एक करोड र नगरपालिकाले रु २५ लाख छुट्याएको छ । भण्डारा र जुटपानीले माघको पहिलो सातादेखि नै अस्पतालको सेवा सञ्चालन गर्ने तयारी गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस