१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकामा सिसी क्यामराबाट निगरानी बढाइँदै

अ+ अ-

काठमाडौं । स्थानीय तहसँगको समन्वय तथा नेपाल प्रहरीको आफ्नै स्रोत परिचालन गरी काठमाडौँ उपत्यकामा निगरानी बढाउन थप सिसी टिभी क्यामरा जडानका लागि प्रहरीले आवश्यक प्रक्रिया थालेको छ ।

सरकारी योजनाअनुसार क्यामरा जोड्न महानगरीय प्रहरी कार्यालय काठमाडौँले संवेदनशील क्षेत्रको पहिचान गर्ने काम थालेको हो । स्थान पहिचानलगत्तै आन्तरिक स्रोतबाट ठेक्का आह्वान गरी पहिलो चरणमा ७५ स्थानमा क्यामरा जडान गर्ने तयारी गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए । क्यामरा जडानमा स्थानीय तहलेसमेत उच्च प्राथमिकता दिँदै आएका छन् ।

केही महीनाअघि गृहमन्त्री रामबहादुर थापाकै उपस्थितिमा प्रहरी उच्च अधिकारीसँग भएको छलफलमा समेत उपत्यकाको स्थानीय तहका प्रमुखले सिसी क्यामरा जडानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै आवश्यक खर्चको जोहो गर्न तयार रहेको प्रतिबद्धता जनाएका थिए । क्यामरा राख्ने कामको गति भने सुस्तरुपमा अगाडि बढिरहेको छ । यद्यपि काम तीव्ररुपमा अघि बढेको प्रहरीको भनाइ छ ।

‘उपत्यकाका तीनै जिल्लाका आवश्यक क्षेत्रलाई सिसीबाट निगरानी गर्ने योजना हो, तर एकैचोटी सकिन्न, विस्तारै प्राथमिकताका आधारमा क्यामरा राख्दै जान्छौँ’, थापाले भने, ‘केही प्रहरीकै स्रोत परिचालन हुन्छ, अन्य स्थानीय तहको समन्वयमा जडान गरिन्छ ।’

महानगरीय प्रहरी कार्यालय काठमाडौँले तीनै जिल्लाका संवेदनशील क्षेत्र पहिचान गरेर कति सिसी टिभी क्यामरा चाहिने हो त्यसको विवरण पठाउन महानगरीय ट्राफिक प्रहरी महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौँ, ललितपुर र भक्तपुरमा पत्राचारसमेत गरिसकेको छ ।

विवरण आएपछि प्राथमिकताका आधारमा क्यामरा जडान हुने कार्यालयका प्रवक्ता पूजा सिंहले जानकारी दिए । हाल काठमाडौँ उपत्यकामा ४६० को हाराहारीमा क्यामरा प्रयोग भइरहेको छ । काठमाडौँमा मात्रै ४०२ क्यामरा प्रयोगमा छ । भक्तपुरमा ३४ र ललितपुरमा २४ क्यामरा प्रयोगमा छन् ।

‘जनघनत्व बढिरहेका बेला उपत्यकामा यति क्यामरा अत्यन्त न्यून हो, त्यही पनि दैनिक बिग्रिने र मर्मत गर्नेक्रम चलिरहेकै हुन्छ, त्यसैले थप क्यामरा आवश्यक हुन्छ हामी त्यसैको प्रक्रियामा छौँ’, प्रवक्ता सिंहले भने ।

थप गर्न लागिएको क्यामरा कस्तो खालको चाहिने, कति जिबीको आवश्यक पर्छ भनेर प्रहरी प्रधान कार्यालयसँग माग गरेको बताउँदै सिंहले त्यहाँबाट इञ्जिनीयरले दिएको सुझावका आधारमा क्यामरा खरीद गरिने जानकारी दिए । क्यामरा जोड्न स्थान छनोटका लागि गठन भएको समितिले अहिले आवश्यक काम गरिरहेको छ ।

मुख्यतः सिसी क्यामराको निगरानी महानगरीय प्रहरी कार्यालय काठमाडौँले गरिरहेको छ । विभिन्न क्षेत्रमा सञ्चार नेटवर्कसँग जोडेर नियन्त्रण कक्षबाट क्यामराको निगरानी हुँदै आएको छ । यसका लागि ७२ वटा कन्ट्रोल रुप भेइकल ९सिआरभी० को समेत प्रयोग गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रहरी नायब महानिरीक्षक थापाले जानकारी दिए ।

सिसी क्यामराकै कारण धेरै आपराधिक गतिविधिको निगरानी तथा अपराधमा संलग्न व्यक्ति पक्राउ परेका उदाहरण छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराज सापकोटाले पत्र आइपुगेकाले क्षेत्र पहिचान गरेर पेश गर्ने तयारी गरिएको बताए ।

सवारी दुर्घटना गराएर फरार भएका चालक पक्रन र अदालतमा प्रमाण पेश गर्नसमेत प्रहरीका लागि सिसी क्यामराले ठूलो सहयोग गर्ने गरेको छ । तर आवश्यकमात्रामा क्यामरा नहुँदा भने घटनाको अनुसन्धानमा समस्या भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस