१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समायोजन अध्यादेशबारे देशभरका सिडियोमार्फत सरकारको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । प्राविधिक सञ्जाल नेपालले देशभरका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गरेको छ ।

कर्मचारी समायोजन गर्न बनेको अध्यादेश, २०७५ संशोधनको माग गर्दै सुरु गरेको विरोध कार्यक्रम अन्तर्गत सञ्जालले आइतबार देशभरका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको हो ।

प्राविधिक सञ्जालले अध्यादेशमा उल्लिखित प्रावधानबाट कर्मचारीको समायोजन भएमा देशको प्राविधिक तथा प्रशासनिक क्षेत्र तहसनहस भई कर्मचारीको मनोबल कमजोर बनाउने र कार्य सम्पादनमासमेत प्रत्यक्ष नकारात्मक प्रभाव पर्ने भएकोले संशोधनको विकल्प नरहेको सञ्जालको ठहर छ । सञ्जालका संयोजक रामप्रसाद मेहताले निजामती सेवाको पहिचान, साख, इतिहास र गौरवलाई बन्दी बनाएर समायोजन हुनै नसक्ने बताउँदै निजामती कर्मचारीको इतिहास र पहिचानलाई कायम गरी समायोजन गर्नुपर्ने बताए ।

प्राविधिक सञ्जालले कर्मचारी समायोजन अध्यादेश, २०७५ समग्र निजामती कर्मचारीको हितमा नभएकोले अध्यादेश संशोधन गरिनु पर्ने, राजपत्र अनंकित प्रथम श्रेणीबाट छैठो तह अधिकृतस्तरमा समायोजन गर्दा राखिएको शैक्षिक योग्यताको प्रावधान हटाउनु पर्ने र उक्त व्यवस्था निजामती सेवा ऐन २०४९ मा भएको व्यवस्था अनुसार रा.प.तृतीय श्रेणीमा बढुवा हुने प्रावधान भएकोले सोही श्रेणी अनुसार तह मिलान गरिनु पर्ने माग राख्दै आएको छ ।

त्यस्तै सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूको निश्चित मापदण्डका आधारमा सरुवा, बढुवाको प्रावधान गरिनु पर्ने, सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गर्दा तीन वटै तहमा श्रेणी वा तहगतमध्ये एउटै व्यवस्था गरिनु पर्ने छन् ।

जिल्ला समन्वय अधिकारी र प्रमुख प्रशासकीय अधिकृत पदमा समेत अन्य कर्मचारी समायोजनका लागी तोकिएको आधारमा गरिनु पर्ने, श्रेणी विहीन (का.स, वन रक्षक समेत) देखी विशिष्ट श्रेणी सम्म सबै कर्मचारीको समायोजन तोकिएको आधारमा गरिनु पर्ने, प्रदेश प्रमुख सचिव र प्रदेश मन्त्रालयको सचिव समेतको समायोजन अध्यादेशमा तोकिएको आधारमा गरिनु पर्ने लगायत संशोधनको माग राखी आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस