१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खाद्य डिपोमा चामलको घटेन

अ+ अ-

जाजरकोट । बारेकोट गाउँपालिका– ९ का गोविन्द पुनः चामलका लागि नायकवाडाको घाट डिपोमा पुगे । हतारमै त्यहाँ रहेका कर्मचारीसँग प्रतिकिलो चामलको मूल्य सोध्दा उनीहरूले रु ५६ पर्ने जनाएकाले उनी स्थानीय बजारतर्फ लागे ।

स्थानीय बजारबाट प्रतिकेजी रु ५४ मा एक क्विन्टल चामल खरीद गरेर घर लगिएको गोविन्दले बताए ।

अहिले दैनिक घाटमा रहेको डिपोमा चामल लिन आउनेको सङ्ख्या ठूलो भए पनि महङ्गो परेकाले बिक्री हुन सकेको छैन । चामलको मूल्य घटे पनि दुर्गम गाउँमा पुरानै मूल्यमा चामल बिक्री गर्न खोज्दा बिक्री हुन नसकेको हो ।

बजारमा पाइने मोटो चामल प्रतिकेजी रु ५४ मा बिक्री हुँदै आएको छ । सरकारले सहुलियमा उपलब्ध गराउँदै आएको चामल बजारकोभन्दा महङ्गो हुनाले समस्या उत्पन्न भएको स्थानीयवासीको भनाइ छ । घाट डिपोमा मात्र १५० क्विन्टल चामल थन्किएको छ ।

मूल्य नघट्नुको कारण सोध्दा जाजरकोट शाखाका रामप्रसाद पौडेलले केही दिनभित्र समायोजन गरिने बताए। दुर्गमका बासिन्दालाई मूल्य घटेको थाहा नहुने भएकाले डिपोले मनपरी गरेको स्थानीय बुद्धिजीवी नीमबहादुर सिंहले बताए ।

त्यस्तै सदरमुकाममा पनि जापानबाट ल्याइएको चामल महङ्गो भएकाले बिक्री हुन सकेको छैन भने चौखा डिपोमा चामल नै पठाइएको छैन ।

प्रतिक्रिया दिनुहोस