१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालसँग व्यापारिक सम्बन्ध बढाउने तत्परता : मुख्यमन्त्री योगी

अ+ अ-

काठमाडौं । भारत, उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले शताब्दीऔँ पुरानो नेपाल र भारतबीचको सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई व्यापारिक सम्बन्धमा रूपान्तरण गर्न आफूले सक्दो सहयोग गर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा नेतृत्वको १९ सदस्यीय उद्यमी–व्यवसायी सम्मिलित प्रतिनिधिमण्डलसँग सोमबार लखनउमा भएको भेटवार्तामा उनले सहयोगको आश्वासन दिएका छन् ।

उनले आपसी व्यापार बढाउन नेपाल–भारत सीमा क्षेत्रमा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको जानकारी दिँदै नेपालको विकासमा भारतको केन्द्र र उत्तर प्रदेश सरकारको सदैव साथ र सहयोग रहने प्रतिबद्धता दोहोर्‍याएका महासंघले आज जनाएको छ ।

गौरीफण्टा र अलिगढवा सीमानाकाको स्तरोन्नतिमा उत्तर प्रदेश सरकारले तत्कालै काम थाल्ने बताउँदै मुख्यमन्त्री योगीले नेपालगञ्ज–कैलाश मानसरोवर तीर्थयात्राको विकास र धार्मिक पर्यटन प्रवर्द्धनमा सघाउने आश्वासन दिए ।

अध्यक्ष राणाले दुई मुुलुकबीच भन्सार तथा सडकको विकासमा उत्तर प्रदेश सरकारले दिएको प्राथमिकताको स्वागत गर्दै नेपालको धार्मिक पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा उत्तर प्रदेश सरकारबाट निरन्तर सहयोग हुने आशा व्यक्त गरे । ‘नेपालको मध्य तथा सुदूर पश्चिम क्षेत्रको विकासमा उत्तर प्रदेश सरकारको सक्रिय सहयोगको अपेक्षा गरेका छौँ’, अध्यक्ष राणालाई उद्धृत गर्दै महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपाल र उत्तरप्रदेशबीच आर्थिक एवं व्यापारिक सम्बन्ध विस्तार, लगानी आकर्षण, पर्यटनप्रवर्द्धनमा सहकार्यका क्षेत्रहरूका सम्भाव्यता पहिल्याउन महासंघको प्रतिनिधिमण्डल उत्तर प्रदेश राजधानी लखनउ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस