१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धर्मका बारेमा कांग्रेसको धारणा स्पष्ट छ : सिटौला

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले धर्मका बारेमा कांग्रेसले नेपालको संविधानमा भएको व्यवस्थालाई अपनत्व लिएको भन्दै यसमा कसैले चिन्ता लिनुपर्ने बताए ।

सञ्चारकर्मीसँग आज यहाँ अन्तरक्रिया गर्दै उनले भने, ‘हाम्रै नेतृत्वमा संविधान जारी भएको संविधानमा धर्मका बारेमा जे छ त्यही हाम्रो धारणा हो ।’ मुलुकमा यतिखेर अनेक अतिवादीहरू सक्रिय हुन खोजेको उल्लेख गर्दै कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका नेता सिटौलाले आफूहरूलाई कुनै पनि अतिवादी स्वीकार्य नभएको स्पष्ट पारे ।

नेता सिटौलाले वर्तमान सरकारले जनपअ‍ेक्षाअुनसार काम गर्न नसकेको र सबै सरकारी निकायमा हस्तक्षेप गरेको आरोप लगाउँदै यस परिस्थितिमा कांग्रेस जनतामाझ जानुपर्ने धारणा व्यक्त गरे।

हालै सम्पन्न पार्टीको महासमिति बैठक सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै उनले बैठकबाट पारित विधानअनुसार अब कि छिट्टै महाधिवेशनको तयारीमा जानुपर्ने कि अन्तरिम समयसम्मका लागि पार्टीका संरचना निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे ।

नेता सिटौलाले सबै केन्द्रीय सदस्यले वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र आरक्षण एक पदमा एक व्यक्तिलाई एकपटक मात्र प्राप्त हुने महासमिति बैठकमा प्राप्त सुझावलाई पार्टीको केन्द्रीय समिति बैठकबाट विधानमा समेटिने जानकारी दिए ।

कार्यक्रममा युवानेता गगनकुमार थापाले कांग्रेसको विधान अग्रगामी बनेको बताउँदै विधान तहः पार्टीका संरचना बनाउन र सङ्गठन सुदृढीकरणका लागि समयमै निर्धारित पार्टीको महाधिवेशन सम्पन्न गर्नुपर्ने उल्लेख गरे ।

कांग्रेसले आफ्नो राजनीतिक प्रस्तावमा संविधानका मूलभूत व्यवस्थालाई स्वामित्व लिई उल्लेख गरेको बताउँदै उनले संविधानको सार्थक कार्यान्वयन गर्न पनि कांग्रेसले नेतृत्व लिने स्पष्ट पारे। कांग्रेसमा गुटउपगुट मौलाएको छ नि रु भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता थापाले भने, ‘द्वन्द्व र गुट नभएको पार्टी जीवन्त रहन सक्दैन तर यसलाई नेतृत्वले व्यवस्थापन गर्नु आवश्यक छ ।’

उनले पनि धर्मका सम्बन्धमा संविधानमा भएको व्यवस्था नै पार्टी धारणा भएको उल्लेख गर्दै सनातनदेखि चलिआएको धर्मको संरक्षण गर्नुपर्ने र धर्म परिवर्तन गराउने विषय गलत भएको टिप्पणी गरे ।

पार्टीका केन्द्रीय सदस्य उमाकान्त चौधरीले सरकारका क्रियाकलापले जनता निराश बनेको आरोप लगाउँदै काङ्ग्रेस जनतामाझ गएर आशा र विश्वास जगाउनुपर्ने धारणा व्यक्त गरे । उनले कांग्रेसका संस्थापक नेता बिपी कोइरालाका पालामा विधानमा समावेशी व्यवस्था नभए पनि व्यवहारमा लागू भएको जानकारी गराउँदै उक्त व्यावहारिकतालाई हाल विधानमा समेटिएको बताए ।

कांग्रेस नेता शिव हुमागाइले महासमिति बैठकबाट पारित विधानअनुसार अब नेता कार्यकर्तामुखी र कार्यकर्ता जनतामुखी हुने बताए । नेताहरू सिटौला, थापा र चौधरी कांग्रेसको १३औँ महाधिवेशनमा क्रमशः सभापति, महामन्त्री र कोषाध्यक्ष पदमा समूह बनाई उम्मेदवार बन्ने भएका ।

प्रतिक्रिया दिनुहोस