१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समायोजनमा सहभागी नहुन ट्रेड युनियनहरूको सर्कुलर

अ+ अ-

काठमाडौँ । कर्मचारी संगठनहरूले यथास्थितिमा समायोजन प्रक्रियामा सहभागी नहुन कर्मचारीलाई सर्कुलर जारी गरेका छन् ।

कर्मचारी समायोजन अध्यादेश, २०७५ मा भएका विभेदकारी प्रावधानहरू नहटाई समायोजनको सूचना प्रकाशन गरेको भन्दै राष्ट्रिय निजामती कर्मचारी संगठन र नेपाल निजामती कर्मचारी युनियन(संघ)ले यस्तो आव्हान गरेका हुन् ।

संगठनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘यथास्थितिमा समायोजन अध्यादेश, २०७५ मा भएका विभेदकारी प्रावधानहरू नहटाईकन समायोजनको सूचना प्रकाशन भएकोले उक्त सूचनाको अवज्ञा गरी समायोजन अनलाइन फारम नभर्न/नभराउन हुन सम्बन्धित सबैमा अनुरोध गर्दछौँ ।’

गत मङ्सिर २५ गते पेस गरेको १५ बुँदे मागको बेवास्ता गरी हतारमा समायोजनको सूचना प्रकाशनको नाटक रचिएको प्रति सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको भन्दै कर्मचारीहरूबाट उठाइएका जायज मागहरूलाई नजरअन्दाज नगर्न, कर्मचारीहरूलाई आन्दोलनमा होमिन बाध्य नपार्नका साथै कर्मचारीहरू विरुद्धमा भ्रम सिर्जना नगर्नसमेत संगठनका महासचिव अमर सिंह वलीद्वारा हस्ताक्षरीत उक्त विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी नेपाल निजामती कर्मचारी युनियन(संघ)ले आफ्नो विज्ञप्तिमा भनेको छ ‘हाम्रो अनुशासन, धैर्यता र सहनशिलतालाई कमजोरी नठान्न सरकारलाई सचेत गराउँदै यथास्थितिमा समायोजन प्रक्रियामा समायोजन प्रक्रियामा सहभागी नहुन सम्पूर्ण राष्ट्र सेवक कर्मचारीलाई हार्दिक अनुरोध गर्दछौँ ।’

कर्मचारीका मागहरू सम्बोधन नगरी एकलौटी रूपमा सरकार अघि बढ्न खोजेमा आन्दोलनका सबै विकल्पहरू खुल्ला गरी अघि बढ्ने जनाउँदै त्यसबाट सिर्जित परिणामको जिम्मेवार स्वयं सरकार नै हुने युनियन(संघ)का महासचिव सुवासकुमार कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हिजै साँझ मात्रै निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियनले एक विज्ञप्ति जारी गर्दै सरकारले कर्मचारीका माग पुरा नगरे समायोजनको सम्पूर्ण प्रक्रियामा सहभागी नहुनका लागि आव्हान गर्न बाध्य हुने चेतावनी दिएको छ ।

सम्बन्धित समाचार : कर्मचारीका माग पुरा नगरे समायोजन प्रक्रियामा सहभागी नहुन आव्हान गर्ने चेतावनी

यता स्थानीय र प्रदेशमा कर्मचारी नपुगेको भन्दै दुई तहका सरकारको गुनासो गरेका छन् भने उता सङ्घीय सरकारलाई कर्मचारीको स्थायी समाधान अघि बढाउनै कठिन भएको छ ।

कर्मचारीहरूका जायज मागहरूलाई उच्च राजनीतिक/प्रशासनिक नेतृत्वबाट विशाल हृदयले सम्बोधन गर्दै त्यसपछि सरकारले निर्मम र कठोर ढङ्गले अघि बढ्नु नै अहिलेको जटिल र कठिन अवस्थाबाट पार पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस