१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजविराज कारागारमा तेब्बर कैदी–बन्दी

अ+ अ-

राजविराज । सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा क्षमताभन्दा करीब तीन गुणा बढी कैदीबन्दी रहेका छन् । करीब १२५ कैदीबन्दीको क्षमता रहेको कारागारमा हाल १८ महिला कैदीसहित ३१५ कैदीबन्दी रहेको कारागारका निमित्त जेलर सत्यनारायण यादवले बताए ।

जेलर यादवका अनुसार ‘ए ब्लक’ मा १९६ र ‘बी ब्लक’ मा १०७ पुरुष तथा ‘सी ब्लक’मा १८ महिला कैदीबन्दी राखिएको छ । दुई सय ९७ पुरुष र १८ महिला गरी कूल ३१५ जनाको क्षमता रहेको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेका कारण कोचिएर बस्नुुपर्ने बाध्यता रहेको छ ।

यति सङ्ख्यामा कारागारमा कैदीबन्दी राखेका कारण पानी तथा शौचालयका लागि लामो लाइन लाग्नुपर्ने बाध्यतासमेत रहेको उहीहरुको गुनासो रहेको छ । विसं २००८ मा निर्माण गरिएको राजविराज कारागार साँघुरो र जीर्ण रहेका कारण कैदीबन्दीलाई समस्या हुने गरेको कारागारले जनाएको छ ।

माटो र ढुङ्गाको पर्खाल रहेको जीर्ण भवनको मर्मत हुन नसक्दा भत्कने खतरासमेत रहेको जेलर यादवले बताए । राजविराज कारागारमा ठाउँ अभावका कारण कैदीबन्दीलाई कोचेर राख्नुपरेको कारण गर्मी महीनाको समयमा धेरै समस्या हुने गरेको कारागारका कैदीबन्दी बताउँछन् ।

कारागारको नाममा रहेको ५ बिघाभन्दा बढी जग्गामध्ये पूर्व र उत्तरतर्फबाट करीब ३ कठ्ठा जग्गा अतिक्रमणमा परेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस