१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘ए’ डिभिजन लिग : एएफसी कपमा मनाङले नेपालको प्रतिनिधित्व गर्ने

अ+ अ-

काठमाडौं । जारी ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेसँगै मनाङ मस्र्याङ्दी क्लबले एशियाली फुटबल महासंघ (एएफसी) कप फुटबलमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ ।

लिग जित्ने टोलीले एएफसीमा सहभागिता जनाउने प्रावधानअनुसार नेपालको प्रतिनिधित्व गर्दै मनाङले उक्त प्रतियोगितामा सहभागिता जनाउने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । उक्त प्रतियोगितामा नेपालबाट अघिल्लो पटक थ्रीस्टारले प्रतिस्पर्धा गरेको थियो ।

मनाङले हिजो सङ्कटा क्लबलाई ३–१ ले हराउँदै उपाधि जितेको थियो । दुई खेल अगावै उपाधि जितेको मनाङले लिगमा कीर्तिमानी आठौँ पटक कब्जा समेत जमाएको हो ।

एएफसी कप फुटबलको समूह चरणमा मनाङ समूह ‘इ’ मा रहेको छ । एशियन फुटबल फेडेरेसन एएफसीले गत महीना नै समूह चरणको ‘ड्र’ सार्वजनिक गरेको थियो ।

एएफसीले निकालेको ड्र अनुसार नेपालको ’ए’ डिभिजन लिग विजेता मनाङ समूह ‘इ’ मा परेको हो । यस समूहमा भारत, बङ्गलादेश र प्ले अफबाट आएको एक टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

भारतबाट भने मिनर्वा पन्जाबले खेल्ने छ । यस्तै बङ्गलादेशबाट ढाका अबाहानीले खेल्नेछ । प्ले अफबाट आउने एक टोलीको भने तय भएको छैन । समूह चरणको खेल आगामी अप्रिलमा युएइमा शुरु हुनेछ । एएफसी कपमा एशियाका हरेक राष्ट्रको शीर्ष डिभिजनको लिग च्याम्पियनले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा २४ राष्ट्रले सहभागी जनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस