१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिलाको अगुवाइमा मदिरामुक्त गाउँ

अ+ अ-

नारायणपुर । महिलाको अगुवाइमा दाङको राजपुर गाउँपालिका–५ को महतिनियाँ गाउँ मदिरामुक्त गाउँ बनेको छ । मगर समुदायको बाहुल्यता रहेको उक्त गाउँमा महिलाको अगुवाइमा विसं २०५५ देखि हालसम्म मदिरा बेचबिखन र सेवन गर्न निषेध गरिएको छ ।

गाउँ युवाले मदिरा सेवन महिला हिंसा बढेको भन्दै स्थानीय दियालो महिला आमा समूह गठन गरेर मदिरा मुक्त गाउँ अभियान सञ्चालन गरिएको आमा समूहकी सचिव तथा सामाजिक अभियान्ता हीरा बुढाले जानकारी दिए ।

‘दिनमै गाउँका युवा मादक पदार्थ सेवन गरी आपसमा झगडा गर्ने र महिलामाथि हिंसा हुनथालेपछि महिला सङ्गठित भएर अभियान सञ्चालन गरेका हौँ २०५५ सालदेखिको अभियान अहिलेसम्म टिकाएका छौँ’, हीरा बुढालले भने ।

‘बयासी घरधुरी रहेको उक्त गाउँमा मदिरा निषेधित क्षेत्र घोषणा हुनुपूर्व १४ वटा मदिरा बिक्री गर्ने भट्टी रहे पनि गाउँमा अहिले एउटा भट्टी देखिँदैन । आमा समूहको अभियानमा हाम्रो पनि साथ हुन थाल्यो, अहिले मदिरा सेवनभन्दा यहाँका युवा सिर्जनशील कार्यमा लागेका छन्’ स्थानीय सीता बुढाले भने ।

मदिरा सेवन गर्ने र बिक्री वितरण गर्नेलाई ५०० देखि जरिवाना लगाउन शुरु गरेका महतिनियाँ गाउँका महिलाले अहिले जरिवाना शुल्क ५ हजार बनाएका छन् । विसं २०५५ मा रेडियो नेपालमा सामाजिक रुपान्तरणका कुरा सुनेर प्रभावित भएका महतिनियाँ गाउँका महिला गाउँको रुपान्तरणका लागि मदिरा निषेध घोषणा गरेपछि मात्रै महिला सशक्तीकरणका धेरै अभियान सञ्चालन भएको बताउँछन् ।

पहिले मादकपदार्थ सेवन गरेर राति श्रीमती पिट्ने श्रीमान् अहिले स्थानीय विकासको अगुवा भएर काम गरेका छन् । कुनै सरकारी तथा गैरसरकारी संस्थाको सहयोगबिना २० वर्षदेखि मदिरा निषेधित क्षेत्र घोषणा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस