१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिसो बढेसँगै बिरामी बढे

अ+ अ-

बैतडी । केही दिनयता चिसो बढेसँगै बैतडी जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ । जिल्ला अस्पतालका प्रमुख डाक्टर जगदिशचन्द्र विष्टका अनुसार अहिले जिल्ला अस्पताल बैतडीमा दैनिक ७० भन्दा बढी बिरामी आउने गरेका छन् । बिरामीमध्ये रुघाखोकी, ज्वरो दम र निमोनियाका बिरामी बढी पुग्ने गरेका छन् ।

यस्तै जिल्लाका अन्य स्वास्थ्य संस्थाका पनि रुघाखोकी, ज्वरो, दम र निमोनियाका बिरामी बढिरहेको स्वास्थ्यकर्मीले बताएका छन् । दोगडाकेदार गाउँपालिका–३ श्रीकोटमा अवस्थित श्रीकोट स्वास्थ्यचौकीमा पनि पहिलेको भन्दा यो समयमा रुघाखोकी, ज्वरो दम र निमोनियाका बिरामी बढी स्वास्थ्य संस्थामा पुग्ने गरेका स्वास्थ्यचौकीका इञ्चार्ज वीरसिंह भाटले बताए ।

यस्तै दशरथचन्द नगरपालिकाको देहीमाडौँ स्वास्थ्यचौकीमा पनि मौसमी रुघाखोकी, ज्वरो, दम र निमोनियाका बिरामी बढेका स्वास्थ्यचौकीकी अनमी हीरा बोहराले बताइन् । जिल्लामा भाइरलकै रुपमा ज्वरो, रुघाखाकी नदेखिए पनि मौसमी प्रभावले अधिकांश मानिसमा यो समयमा ज्वरो आउनुका साथै रुघाखोकी लागिरहेको जिल्ला अस्पतालका प्रमुख डाक्टर विष्टको भनाइ छ । साथै यो समयमा दम र निमोनियाका बिरामीको सङ्ख्या पनि पहिलेको तुलनामा बढिरहेको छ ।

चिसोबाट बच्न न्यानो लुगा लगाउन, तातो ठाउँमा बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । तातोपानीसँगै तातो खानेकुरा खायो भने पनि चिसोबाट बच्न सकिने उनीहरुको भनाइ छ । चिसोमा बालबालिका र वृद्धवृद्धाको अझै धेरै ख्याल गर्नुपर्ने उनीहरुको सुझाव छ । रासस

प्रतिक्रिया दिनुहोस