८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ स्वास्थ्य नीति ल्याइने : उपप्रम यादव

अ+ अ-

वीरगञ्ज । उपप्रधान र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अहिले कायम रहेको स्वास्थ्य नीति त्रृटिपूर्ण भएकाले सरकारले नयाँ स्वास्थ्यनीति ल्याउन लागेको बताएका छन् ।

संघीय प्रेस फोरम पर्साद्वारा आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा उपप्रधानमन्त्री यादवले भने, ‘उक्त नीति आएपछि प्रत्येक नेपाली नागरिकलाई आधारभूत स्वास्थ्यसेवा उपलब्ध हुनेछन् ।’ उनले सरकारले प्रत्येक प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने, जनकपुर अञ्चल अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने, प्रादेशिक तालीम केन्द्र स्थापना गर्ने नीति लिएको बताए ।

संघीय गणतन्त्रसँग मेलखाने गरी तथा संघीयतालाई अगाडि बढाउन करीब ५६ वटा कानूनको संशोधन गरी नयाँ कानून बनाउनुपर्नेमा उपप्रधानमन्त्री यादवले जोड दिए ।

नेपालको भविष्य संघीय प्रणालीमा आधारित भएकाले यो लक्ष्य प्राप्ति गर्नका लागि संविधान संशोधन आवश्यक रहेको उनले बताए । समृद्ध नेपाल बनाउन राष्ट्रिय एकतालाई भावनात्मक रुपमा विकास गर्नुपर्नेमा उनको जोड छ ।

उपप्रधानमन्त्री यादवले प्रदेश सरकारमार्फत स्थानीय तहलाई प्रादेशिक क्षेत्रको आधारमा विकास गरी अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै प्रदेश सरकार केन्द्रीय सरकारमाथि परनिर्भरता नभएर प्रदेशलाई आफैँ आत्मनिर्भर बनाउनु आवश्यक रहेको बताए ।

एक फरक प्रसङ्गमा उपप्रधानमन्त्री यादवले जनकपुरप्रति विभेद् नगरी वीरगञ्जलाई विकसित शहरको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । राजपासँगको पार्टी एकताबारे सोधिएको प्रश्नमा उनले राजपाको समस्या भनेको छ जना अध्यक्ष भएकाले एकरुपताको निर्णय गर्न सकिरहेका छैनन्, खुट्टा तानातानको अवस्था रहेकाले एकताको कुरा अगाडि बढ्न नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस