७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाङमा विद्युतीय बस सञ्चालनमा ल्याउँछौँ  : मुख्यमन्त्री पोखरेल

Mukhyamantri pradesh 5
अ+ अ-

दाङ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले तुलसीपुरको विकासका लागि नयाँ ढङ्गबाट योजना बनाउनुपर्ने समेत बताए । तुलसीपुर उपमहानगरपालिकाले आज आयोजना गरेको तुलसीपुर आर्थिक विकास सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले परम्परागत ढङ्गबाट अब तुलसीपुरलाई ‘स्मार्ट सिटी’ बनाउन नसकिने भन्दै तुलसीपुुरको विकासका लागि अब नयाँ योजना बनाउनुपर्ने उनको भनाइ छ ।

मुख्यमन्त्री पोखरेलले दाङमा यस आवदेखि विद्युतीय बस सञ्चालन गर्ने प्रदेश सरकारको लक्ष्य रहेको र त्यसमा स्थानीय पालिकाहरुको साक्षेदारी आवश्यक रहेको उनको भनाइ छ । उहाँले विद्युतीय बस सञ्चालनले दाङलाई वातावरणमैत्री बनाउन सहयोग पुग्ने बताए । “विद्युतीय बस सञ्चालन गरेमा बसबाट उत्पन्न हुने प्रदूषण न्यूनीकरण हुने र मुलुक नयाँ युगमा प्रवेश गरेको आभास हुने उनको भनाइ छ ।

विकासका लागि स्थानीय जनताको रुचि र सहभागिता हुनुपर्ने भन्दै उनले अहिले दाङका उपमहानगरहरु भौगोलिकभन्दा पनि जनताको सङ्ख्याका आधारमा निर्माण गरिएको भन्दै उनले अहिले उपमहानगरहरु विकासका दृष्टिले कम्जोर भएको बताए ।

उपमहानगरपालिकाको विकासका लागि स्थानीय तहहरुबीच सहकार्य हुन आवश्यक रहेको समेत उनको भनाइ थियो । गाउँलाई बजारसँग जोड्ने गरी योजना बनाउनुपर्ने समेत उनको भनाइ छ । अहिले दाङका कुनै पनि शहर व्यवस्थित नभएको भन्दै ती शहरलाई व्यवस्थित बनाउन निकै चुनौती सामना गर्नुपर्ने उनको भनाइ छ ।

उपमहानगरपालिकालाई व्यवस्थित बनाउन बजार बाहिरको व्यक्तिको जग्गालाई अधिग्रहण गर्ने र ती जग्गामा व्यवस्थित बजार बनाएर आम्दानी भएको फाइदा जग्गाधनीलाई दिने तथा अर्को विकल्पका रुपमा व्यक्तिको जग्गा अधिग्रहण गरी त्यसमा विकास गर्ने र मूल्यवृद्धि गरी व्यक्तिलाई फिर्ता दिने तथा त्यसको केही हिस्सा उपमहानगरपालिकाले लिने गरेमा व्यवस्थित शहर निर्माण हुने उनको भनाइ छ ।

मुख्यमन्त्री पोखरेलले शहरलाई व्यवस्थित गर्न व्यवस्थित सडक, घरहरुको डिजाइन, बिजुलीको प्रयोग, ढल निकास, नदी किनारका बारेमा योजना, खोलाको किनारको बस्ती व्यवस्थितलगायत कुरामा ध्यान दिनुपर्ने बताए।

त्यस्तै शहरका नागरिकलाई ग्रामीण क्षेत्रमा बसोबास गर्ने वातावरण तयार पार्नुपर्ने, बजारका उत्तरतिरका पहाडलाई हिल स्टेशनका रुपमा विकास गर्नुपर्ने तथा दक्षिणतिरका फाँटमा रात्रिकालीन विकासका रुपमा ध्यान दिनुपर्ने बताए । तुलसीपुरको ‘क’ लाइनलाई व्यावसायिक केन्द्रका रुपमा संरचनाहरु तयार पार्नुपर्ने, राम्रो होटेल व्यवसायको विकासमा ध्यान दिनुपर्ने बताए।

दाङमा उत्पादन भएको मनसुली चामलले काठमाडौँमै राम्रो बजार पाएकाले मनसुली ब्राण्डका रुपमा विकास गर्नुपर्ने, कृषिको विकासमा ध्यान दिनुपर्ने, दाङलाई कर्णालीकै ‘ट्रान्जिट प्वाइन्ट’का रुपमा विकासका लागि शिक्षा, स्वास्थ्य, उद्योग, सूचना तथा प्रविधिको विकास लगायतमा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा आर्थिक विकासमा लगानी व्यवस्थापन तथा सम्भावनाबारे विष्णु पुरी, तुलसीपुर उपमहानगरपालिकामा आर्थिक विकासका सम्भावना, नीति तथा कार्यक्रमका बारेमा बाबुराम रानाभाट, प्रदेश सरकारको स्थानीय आर्थिक विकाससम्बन्धी रणनीति र सोच बारेमा ५ नम्बर प्रदेश योजना आयोगका उपाध्यक्ष डा.प्रकाश श्रेष्ठ, स्थानीय आर्थिक विकासको अवधारणाबारे तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले प्रस्तुति राखेका थिए ।

कार्यक्रममा सहभागीलाई स्वागत गर्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुर आर्थिक विकास सम्मेलनबाट तुलसीपुरको आर्थिक विकासका लागि आएका सुझावलाई आउँदो वर्षको बजेट तथा नीति तथा कार्यक्रममा समावेश गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस