१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडा अध्यक्षद्धारा आफ्नो पारिश्रमीकबाट विभिन्न क्षेत्रलाई सहयोग

अ+ अ-

डोटी । डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ५ लानाकेदारेश्वरका वडा अध्यक्ष बुद्धीसागर बिनाडी(बिकास)ले आफुले राज्यबाट पाउने पारिश्रमिकको केही अंश विभिन्न क्षेत्रमा खर्च गर्ने घोषणा गरेका छन् ।

गाउँपालिकाले आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष बिनाडीले गाउँपालिका भित्र रहेका प्रत्येक वडाबाट समेट्ने गरी आर्थिक स्थिति कमजोर भएका, अपा¨, बृद्ध, दलित गरी १० जनालाई रु २ हजारका दरले सहयोग गर्नुका साथै अन्य क्षेत्रमा पनि सहयोग गर्ने घोषणा गरेका छन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष बिनाडीले राज्यबाट आफुले पाउने पारिश्रमिकबाट आर्थिक स्थिति कमजोर भएकाहरुलाई केही राहात होस भन्ने हेतुले सहयोग गरेको बताए । उनले भने मैले गरेको आर्थिक सहयोग धेरै ठुलो होईन तर सानो सहयोगले पनि केही राहात मिल्छ की भनेर सुरुवात गरेको हु आगामी दिनमा गाउँपालिकाका सबै वडा भित्र रहेका विद्यालयहरु बाट छनोट गरी गरिव, जेहेन्दार, उत्कृष्ठ अंक ल्याउने दश जना छात्राछात्र र गाउँपालिका अन्तर्गत विभिन्न क्षेत्रमा कार्यरत उत्कृष्ठ काम गर्ने केही कर्मचारीहरुलाई पनि पुरस्कृत गर्ने घोषणा गरे ।

सहयोगको कार्यक्रम आफ्नो कार्यकालसम्म प्रत्येक वर्ष सोही विधि र प्रक्रियाअनुसार गर्ने समेत अध्यक्ष बिनाडीले बताए । वडा अध्यक्ष बिनाडीले सुरुवात गरेको कार्य उदाहरणीय तथा अनुकरणीय रहेको बडीकेदार गाउँपालिका अध्यक्ष कृष्ण बहादुर चन्दले बताए । उनले भने ‘रकम जे जति होस राम्रो कामको सुरुवात गरेको छ यो कामले पक्कै पनि समाजमा केही प्रभाव पार्छ, यस्ता काम नै उदाहरणीय हुन ।

‘ गाउँपालिकाको विकासमा यसरी सबै तह तप्का र क्षेत्रबाट सहयोग गरे गाउँपलिकाले पनि रचनात्मक कार्यमा सहयोग गर्न सकिने समेत अध्यक्ष चन्दले बताए । देश संघियसंरचनामा गएपछी साबिकका बर्छैन, मान्नाकापडी, घागल, लानाकेदारेश्वर गाउँबिकास समिति मिलेर बडीकेदार गाउँपालिका बनेको हो हाल ५ वटा वडा रहेको सो गाउँपालिका भौगोलिक रुपमा डोटीको जोरायल गाउँपालिका पछि दोस्रो नम्बरमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस