१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक व्यक्ति एक डिम्याट : स्टक

अ+ अ-

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले एक हितग्राही खाता (डिम्याट) मा मात्रै कारोवार गर्न आग्रह गरेको छ ।

पूर्ण स्वचालित कारोवार प्रणाली लागू गर्दै त्यसमा बैंकलाई समेत आबद्ध गरेको सन्दर्भमा आज स्टकले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार लगानीकर्ताले बढीमा २ वटा हितग्राही खाता खोल्न सक्ने व्यवस्था भए पनि धितोपत्र दलाल व्यवसायीसँग एउटा मात्रै खातामा आबद्ध हुन आग्रह गरेको छ ।

कारोवारको द्रुतगति, लगानीकर्ताको पहिचान तथा जोखिम व्यवस्थापनलाई सुनिश्चित गर्न त्यस्तो व्यवस्था गरिएको स्टकले जनाएको छ । स्टकले आजदेखि नै बैंकिङ प्रणालीसँग एकीकृत गरी अनलाइन कारोवार प्रणाली सञ्चालनमा ल्याएको छ । तोकिएको राफसाफ बैंकमार्फत कारोवार अघि तथा पछिको रकमान्तर मिलाउने व्यवस्था अन्तर्राष्ट्रिय अभ्यास भएको स्टकको भनाइ छ ।

तोकिएका राफसाफ बैंकमा धितोपत्र कारोवार प्रयोजनका लागि मात्रै बैंक खाता खोल्न आग्रह गरिएको छ । आगामी दिनमा ‘क’ वर्गका सबै बैंकलाई धितोपत्र कारोवारको राफसाफ हुने गरी व्यवस्था गर्न लागिएकोसमेत जानकारी दिइएको छ ।

स्टकले अनलाइन कारोवार पहुँचका लागि लगानीकर्ताले धितोपत्र दलाल व्यवसायीसँग अनिवार्यरुपमा सम्झौता गर्नैपर्ने, त्यस्तो सम्झौताले लगानीकर्ता र व्यवसायीबीच वित्तीय सुरक्षा सुनिश्चितता गराउने बताइएको छ । लगानीकर्ताले कारोवारका लागि युजरनेम र पासवर्ड लिनसमेत पुनःआग्रह गरिएको छ । लगानीकर्ताले आफ्नो लगानी सीमाअनुसार रकम जम्मा गरेपछि कारोवार गर्न पाउने व्यवस्था गरिएको स्टकका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस