१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दीर्घकालीन योजनालाई प्राथमिकता दिनुपर्छ : अध्यक्ष तिमिल्सिना

अ+ अ-

पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लामो समयको राजनीतिक लडाइँपछि मुलुक विकास र समृद्धिको युगमा प्रवेश गरेको बताउँदै अब दीर्घकालीन योजना बनाएर अघि बढेमा विकासका कामले गति लिने बताएका छन् ।

प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशले प्रथम पञ्चवर्षीय योजना तर्जुमा गर्न पर्वतको कुश्मामा आयोजना गरेको जिल्लागत सुझाव सङ्कलन कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले संघ, प्रदेश र स्थानीय तहले आ–आफ्नो स्रोतले भ्याउने खालका योजना छनोट गर्नुपर्ने बताए । उनले छोटो समयको भन्दा कम्तीमा २० वर्षे अवधिका योजना बनाउन सुझाव दिँदै राष्ट्रियस्तरका योजना संघीय, प्रदेशस्तरका योजना प्रदेश सरकारले र सानातिना स्थानीय तहले योजना बनाएर अघि बढ्नुपर्ने बताए ।

तिमिल्सिनाले विकासको नयाँ ढाँचा बनाएर काम थाल्नुपर्ने बताउँदै समृद्धिको अभियानलाई सफल पार्न तिनै तहका सरकारबीच समन्वय गरेर एकीकृत विकासको ढाँचाबाट अघि बढ्नुपर्ने बताए । उनले रणनीतिक, आवधिक र वार्षिक योजनालाई छुट्टाछुट्टै प्राथमिकता दिनुपर्ने बताए ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेशले निर्धारण गरेका दिगो विकासका लक्ष्यसँग तादम्यता हुने गरी प्रदेशका कार्यक्रम तर्जुमा गर्न उक्त कार्यक्रमले फाइदा दिने हुँदा योजना आयोगले तयार पारेको पञ्चवर्षीय योजना अध्ययन गरेर रचनात्मक सुझाव दिन आग्रह गरे । योजना तर्जुमा गर्दा आर्थिक समृद्धि र जनता सुखी हुने उपयुक्त सूचक विकास गरी ती सूचकअनुरूप विकासका कार्य अगाडि बढाउनुपर्ने बताए ।

प्रदेशसभा सदस्य जुनादेवी नेपाली, फलेवास नगरपालिका प्रमुख पदमपाणि शर्मा, नेकपाका जिल्ला नेता भक्तबहादुर कुँवर, नेपाली कांग्रेस जिल्ला सचिव युक्तप्रसाद श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका धनराज सुनार, नयाँशक्ति नेपालका केन्दीय सदस्य महेन्दजङ्ग लामिछाने, उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्मा लगायतले प्रदेशको दीर्घकालीन विकासका लागि योजना बनाउनुपर्ने सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस