१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोल्पामा अस्थायी साधन प्रयोगकर्ताको दर बढ्दै

अ+ अ-

रोल्पा । रोल्पामा परिवार नियोजनको अस्थायी साधन प्रयोगकर्ताको दर बढ्दै गएको छ । परिवार नियोजनको अस्थायी साधनबारे विगतमा भ्रम रहँदा यसको प्रयोगकर्ता कम रहेपनि पछिल्ला दिनमा आएको सचेतनासँगै यसको प्रयोगकर्ता बढेका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको तथ्याङ्कअनुसार जिल्लामा आर्थिक वर्ष २०७२/७३ मा ३७ प्रतिशतले परिवार नियोजनको अस्थायी साधन प्रयोग गरेकामा आव २०७३/७४ मा यो दर ३९ प्रतिशत पुगेको थियो । यसैगरी आव २०७४/७५ मा यसरी अस्थायी साधन प्रयोग गर्नेको सङ्ख्या ४० प्रतिशत पुगेको देखिएको छ ।

यसरी अस्थायी साधन प्रयोग गर्नेमध्ये २६ प्रतिशतले इम्प्लान्ट प्रयोग गर्ने गर्दछन् । त्यसैगरी २४ प्रतिशतले कण्डोम प्रयोग गर्ने देखिएको छ । डिपो प्रयोग गर्नेको सङ्ख्या २३ प्रतिशत देखिएको छ । जिल्लामा आइयुसिडी र पिल्स प्रयोगकर्ता क्रमशः ४ र ६ प्रतिशत रहेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जानकारी दिएको छ ।

जिल्लामा स्थायी बन्ध्याकरण गर्नेको सङ्ख्या भने १७ प्रतिशत मात्र देखिएको छ । पुरुष बन्ध्याकरण भ्याक्सेटोमी र महिला स्थायी बन्ध्याकरण मिनिल्याप गर्नेको सङ्ख्या अस्थायी साधन प्रयोगकर्ताको तुलनामा कम रहेको बताइन्छ ।

जिल्लामा सबै अस्थायी साधन प्रयोगमा किशोरीको आकर्षण देखिएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका सिनियर अनमी नैना डाँगीले जानकारी दिए । अघिल्लो आवमा सबै प्रकारका अस्थायी साधन गर्ने किशोरीको सङ्ख्या ५५३ थिए अनमी डाँगीले भने ।

प्रतिक्रिया दिनुहोस