१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडक निर्माणबारेमा सरकारको ध्यानाकर्षण

अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा तराईमा चिसोका कारण जनजीवन प्रभावितदेखि सडक निर्माण, निर्मला पन्तको हत्यालगायतका विषयमा सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा शून्य समयमा बोल्ने सांसद रानी मण्डलले चिसोको कारण मधेशका नागरिकको जनजीवन प्रभावित भएको हुँदा सरकारले न्यानो कपडा र दाउराको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद यज्ञराज सुनुवारले प्रदेश नम्बर १ राजधानीसम्म पुग्नका लागि ओखलढुङ्गा र खोटाङका नागरिकलाई असहज भएको हुँदा घुर्मी चतरा सडक छिटो निर्माण गर्न सरकारसँग माग गरे ।

सांसद राजेन्द्रकुमार केसी, भवानी खापुङ, यज्ञबहादुर बोगटीले सडक निर्माणमा आएको बजेटबाट आर्थिक वर्षको आधाभन्दा बढी समय सकिन लाग्दासम्म सडक निर्माणको काम शुरु नभएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद विमला विकले समानुपातिक सांसदलाई बजेट विनियोजन गर्दा विभेद गरेकोप्रति आपत्ति प्रकट गरे । सांसद भरतकुमार शाहले भैँसेपाटीमा मन्त्रीलाई आवासीय भवन बनाउने निर्णय सञ्चाइ सांसद आवास गृह बनाउन माग गरे ।

सांसद डा मीनेन्द्रप्रसाद रिजालले भूकम्पको पुनःनिर्माणको रु २ अर्ब ५० करोड कहाँ गयो भन्दै धरहरा पुनःनिर्माणलगायतका लागि सङ्कलन गरिएको पैसाको बारेमा सरकारसँग जानकारी माग गरे।

सांसद यशोदा गुरुङ सुवेदीले नेपालका नम्बर प्लेटको गाडी भारत लान नपाउने तर भारतको नम्बर प्लेटका गाडीचाँहि नेपाल गुड्ने व्यवस्थाका बारेमा सरकारको स्पष्ट धारणा माग गरे ।

सांसद रंगमती शाहीले निर्मला हप्याकाण्डका विषयमा अध्ययन गर्न सरकार सफल नभएको हुँदा महिला सांसदलाई सो विषयमा अध्ययन गर्ने जिम्मा दिएमा दोषी पत्ता लगाउने बताए ।

सांसद राजेन्द्रप्रसाद गौतमले सरकारले संघीय तथा स्थानीय विकास मन्त्रालयको डोलीडार आयोजना एकातिर बजेट अर्कोतिर भएकाले बजेटको यकिन गर्न माग गरे ।

प्रतिक्रिया दिनुहोस