१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाङको तुलसीपुरमा छाडा चौपायाले दश बिघा क्षेत्रफलको बाली नष्ट

अ+ अ-

लमही । छाडा पशु चौपायाले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का किसानले लगाएको करीब १० बिघा क्षेत्रफलको तोरी नष्ट पारेका छन् ।

त्यस क्षेत्रका २५/३० वटा छाडा चौपायले स्थानीय किसानले लगाएको तोरी नष्ट पारेको किसान जीतेन्द्र क्षेत्रीले बताए । ‘यस क्षेत्रमा करीब २५/३० वटा गाईले हामीलाई वर्षेनी सास्ती दिने गरेका छन्’, उनले भने, ‘भर्खरै मात्रै हामीले लगाएको १० बिघा क्षेत्रफलको तोरी नष्ट पारेको छ ।’ उनका अनुसार समूहमा आउने पशु चौपायाले दिनमा भन्दा रातमा बढी क्षति गर्ने गरेका छन् ।

स्थानीयवासी १० जना किसानले लगाएको तोरी खेतीमा क्षति पुगेको छ । जीतेन्द्रको १५ कट्ठा तोरी, भागिरथ भण्डारीको एक बिघामा लगाएको तोरी र मुसुरो, सुधीर केसीको दुई बिघामा लगाएको तोरी, कृष्ण केसीको १० कट्ठामा लगाएको तोरी, गिरु जिसीको छ कट्ठामा लगाएको तोरी, निमबहादुर भण्डारीको १० कट्ठामा लगाएको तोरी, कृष्ण पोख्रेलको दुई कट्ठामा लगाएको अडहर क्षति भएको छ ।

छाडा चौपायाले आफूहरुलाई वर्षेनी सास्ती दिने गरेको स्थानीयवासी कृष्ण केसीले बताए । ‘दिनभरि गाईगोरु धपाएर बस्नुपर्छ, रातको समयमा त झन जाग्राम बसेर नै हेर्नुपर्छ’, उनले भने, ‘यसरी छाडा छोडिएका पशु चौपाया नियन्त्रण लिन पटकपटक सम्बन्धित निकायलाई अनुरोध गर्दा पनि कुनै चासो दिने गरेका छैनन् ।’

तुलसीपुर उपमहानगरपालिकाका वडा नं ७ वडाध्यक्ष टोपबहादुर केसीले छाडा चौपाया नियन्त्रणका लागि जग्गाको खोजी गरिरहेको बताए । ‘हामी यस विषयमा गम्भीर छौँ’, उनले भने, ‘हामीले छाडा चौपाया नियन्त्रण गर्न जग्गा खोजी गरिरहेका छौँ ।’ तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले छाडा चौपाया नियन्त्रण गर्ने जिम्मा सम्बन्धित वडालाई दिएको बर्ता ।

प्रतिक्रिया दिनुहोस