१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माघ १० गतेभित्र तल्लो तहसम्म एकता टुङ्गिन्छ : मन्त्री पोखरेल

अ+ अ-

दमौली । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी माघ १० गतेभित्र पार्टीको तल्लो तहसम्म एकता टुङ्गिने बताएका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिकामा आज आयोजित कार्यकर्ता भेटघाटमा नेकपाका सचिवालय सदस्यसमेत रहेका मन्त्री पोखरेलले माघ १० गतेभित्रै पार्टीको सबै सङ्गठनको एकता टुङ्ग्याउने गरी काम भइरहेको बताए ।

रक्षामन्त्री पोखरेलले पुस मसान्तभित्रै पार्टी एकताको टुङ्गो लगाउने भनिएपनि पुसमा त्यो सम्भव नदेखिएको बताए । उनले पार्टी एकता टुङ्गो नलाग्दा तल्लो तहसम्म पार्टीको गतिविधि चलायमान हुन नसकेको बताए ।

उनले भने, ‘राष्ट्रिय आवश्यकता र जनताको चाहनाअनुसार पार्टी एकता भएकाले नयाँ सोचका साथ अगाडि बढ्न आवश्यक छ ।’ उनले विचार कमजोर भए पार्टी कमजोर हुने भएकाले सबै नयाँ सोचका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए।

उनले भने, ‘पूर्व एमालेले पनि एमाले भएर नसोचौँ, पूर्व माओवादीले पनि माओवादी भएर नसोचौँ । नयाँ सोचका साथ अगाडि बढ्न जरुरी छ ।” उनले तल्लो तहसम्म एकता नटुङ्गिएकाले सरकारका राम्रा कामको प्रचार हुन नपाएको बताए ।

फागुनभित्रै सबै कानून बनिसक्छ

रक्षामन्त्री पोखरेलले फागुनभित्रै आवश्यक कानून निर्माण गरिसक्ने दावी गरेका छन्। संसद्को जारी बैठकले आवश्यक कानून फागुनभित्रै निर्माण गर्ने उनले बताए।

संविधानमा व्यवस्था भएका सुन्दर पक्षलाई लागू गर्न कानूनको अभाव भएको भन्दै उनले कानून बनेपछि कानून अनुसारको संरचना निर्माणलाई जोड दिइने बताए । केपी ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि संसद्ले २६ वटा कानून निर्माण गरेको जानकारी दिँदै उनले भने, ‘जारी संसद्मा सबै कानून निर्माण भइसक्नेछ ।’

राजनीतिक संक्रमण सकिएपनि प्रशासनिक संक्रमण कायमै रहेको बताउँदै उन्ले सोही कारण देशमा अन्योलको स्थिति देखा परेको बताए । सरकारले हालै मात्र पारित गरेको कर्मचारी अध्यादेशको विरुद्ध कर्मचारीको विरोध अनावश्यक रहेको भन्दै मन्त्री पोखरेलले अध्यादेशमा भएका असहमतिलाई सच्याउन सकिने धारणा व्यक्त गरे ।

उनले केपी ओली नेतृत्वको सरकारले पाँच वर्षभित्र सामाजिक सुरक्षा भत्ता रु ५ हजार पुर्‍याउने समेत घोषणा गरे । आफूहरुले चुनावी घोषणापत्रमा सामाजिक सुरक्षा भत्ता रु ५ हजार पुर्‍याउने उल्लेख गरेको स्मरण गराउँदै मन्त्री पोखरेलले भने, ‘कतिपयले सरकारले सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा पूरा गरेन भनेका छन्, हामीले भनेका छौँ हाम्रै कार्यकालमा उक्त भत्ता रु ५ हजार पुर्‍याइनेछ ।’

प्रतिक्रिया दिनुहोस