१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेशस्तरबाट लोककलाको विकास गर्न नाफा कुलपतिको जोड

अ+ अ-

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफ) का नवनियुक्त कुलपति कान्छाकुमार(केके) कर्माचार्यले विभिन्न प्रदेशमा बसोबास गर्ने जातजातिका कला र लोककलाको व्यवस्थापन आफ्नो प्रमुख प्राथमिकताको विषय रहेको बताएका छन्।

नेपाल ललितकला पत्रकार समाज(सोफाज) ले हरेक महीनाको दोस्रो शुक्रबार आयोजना गर्ने ‘कलाका कुरा’मा अन्तर्गत आज कुलपति कर्माचार्यले मिथिला, थारु, नेवार, अवधी, तामाङ तथा किराँत कलाको विकासका लागि प्रदेशस्तरबाटै काम गरिने जानकारी दिए ।

उनले नाफा र सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको जग्गासम्बन्धी विवादको विषयमा अदालतको निर्णयबाट जानुपर्ने बताए । उनले थपे, ‘हाम्रो चारवर्षे कार्यकालमा भवन हुनैपर्छ भन्ने रणनीति लिएका छौँ ।’ नाफाले कलाकारहरुको वर्गीकरण गरी परिचयपत्र वितरण गर्ने जानकारी पनि उनले दिए ।

पहिले अनुसन्धानका काम हुन नसकेको तर कार्यक्रममुखी काम मात्र भएको बताउँदै उनले अबको नेतृत्वले राष्ट्रियस्तरमा कलाको विकास र विस्तारमा जोड दिने आफ्नो प्राथमिकतामा रहने प्रष्ट्याए। उनी भन्छन्,’कलाकारमा जति पीडा छ त्यो ममा पनि छ, कलाकारलाई के आवश्यक छ त्यो म स्वयंले पनि मनन गरेको छु ।’ सरकारसँग समन्वयकारी भूमिका आफूले निर्वाह गर्ने उनले स्पष्ट पारे।

नेपाली कलाकारलाई विश्व प्रतिस्पर्धामा लैजान नयाँ नेतृत्व गम्भीर रहेको बताउँदै उनले भने, ‘नेपाली कलाकार विश्वमा हुने विभिन्न प्रतिस्पर्धामा प्रथम भएर पनि फर्किएका छन् तर राज्यले पनि विश्वमा नेपाली कलाको विकास गर्न कलाकारलाई प्राथमिकता राख्नु जरुरी देखिन्छ ।’

अहिले काठमाडौँ केन्द्रित कलाको विकास भएको सबैतिरबाट आएको गुनासो व्यवस्थापन गर्न कलामा पनि सन्तुलित विकासको आवधारणा प्रयोग हुनुपर्ने कर्माचार्यले बताउनुभयो । आइतबार हुने प्रासभाको पूर्णतापछि कस्ता कार्ययोजना बनाउने बन्ने नाफाले निर्णय लिने जानकारी उनले दिए । पहिलेदेखि नै नाफामा भएको समस्यालाई सुल्झाउनु आफ्नो नेतृत्वका लागि सबैभन्दा ठूलो चुनौती रहेको उनी बताउछन् ।

तपाईंको नियुक्ति राजनीतिक भन्छन् नि भन्ने प्रश्नमा उनले आफू स्वतन्त्र कलाकार भएको नाताले नै कुलपतिमा नियुक्त भएको स्पष्ट पारे । ‘पहिले जतिसुकै राजनीति गर्ने व्यक्ति नेतृत्वमा आए पनि उसले राजनीतिलाई बिर्सनैपर्छ’, उनले भने, ‘आफूले जति भने पनि अहिलेको परिप्रेक्ष्यमा जुनसुकै क्षेत्रमा पनि राजनीति नघुसेको त छँदै छैन ।

म पार्टीको कार्यकर्ता होइन, कलाको कार्यकर्ता हो ।’ अहिलेको नाफा नेतृत्वमा आफूले भनेजस्तै व्यक्ति पाएकामा उनले सन्तुष्टि व्यक्त गर्दै साथीहबाट सहयोगको आशा राखे । डा.आचार्यको एकल कविता वाचन सांस्कृतिक संस्थान (नाचघर) ले प्रत्येक महीनाको तेस्रो बिहीबार आयोजना गर्ने एकल कविता वाचनको नवौँ शृङ्खलामा डा.भागवत आचार्यले बिहीबार आफ्ना दर्जनौँ कविता वाचन गरे ।

आचार्यले ‘हत्केलामा लिएर समृद्धि’, ‘पूर्णिमा अर्थात् चन्द्रमाको बोधवृक्ष’, ‘जाउँ जाउँ गुरुजी’, ‘लाटकोसेरालाई अँध्यारो मन पर्छ’, ‘के अर्थ भो रु’, ‘जलकुम्भी’, ‘देश बन्ने कसोरी’, ‘मेरो लुम्बिनी’, ‘नसै काटिएपछि के हुन्छ’ , ‘बिर्खे दर्जीको विज्ञप्ति’, ‘सारङ्गीको धून’ र ‘आयो कहाँबाट यो’ भन्ने कविता वाचन गरेका थिए ।
मलाई सम्झना छ
तिमीले गरिखान भनी शुरुमा
हात माग्यौ र अधिकारको रुपमा हात पायौ
हेर्न पाइन भनी आँखा माग्यौ र दृष्टि पायौ

प्रत्येक कवितामा राष्ट्रवादको सन्देश बोकेका कविको कविता वाचनमा अनिल पौडेल, इन्दु अंशुलगायतले साथ दिएका थिए । सो अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले उनको कवितामा वास्तविक समाजको मूल्य र दृष्टिकोण प्रयोग भएको बताए ।

आचार्यका वाचित कविताको समिक्षा गर्दै प्रा डा माधवप्रसाद पोखरेलले कविले लेख्ने क्रममा नेपाली मौलिक शब्दको बढीभन्दा बढी प्रयोग गर्नुपर्ने बताए । ‘अहिले कविहरुले केही शब्द संस्कृतबाट पनि लिएको पाइन्छ, तर त्यो सामान्य पाठकका लागि उपयुक्त हुँदैन’, उनले भने । समालोचक रमेश शुभेच्छुले नेपाली विषयमा विद्यावारधि गरेका कविले धेरै कृति निकाले पनि उनलाई चिनाउने कृति ‘मनको सम्बोधन’ शीर्षक कवितासङ्ग्रहले गरेको बताए । आचार्यले लेखेका कविताभित्र मानवीय समवेदना र समसामयिकता झल्कने टिप्पणी उनले गरे ।

प्रतिक्रिया दिनुहोस