काठमाडौं । उज्ज्वल नक्षत्र समाजले दृष्टिविहीनबीच सूचना प्रविधि प्रतिष्पर्धा गराएको छ । प्रतिस्पर्धामा देशभरका ४१ जना दृष्टिविहीनले भाग लिएका थिए ।
दृष्टिविहीनका बीच कम्प्युटर, ल्यापटप, मोबाइल चलाउन गरिएको प्रतियोगितामा पाल्पाका सोमराज केसी पहिलो, झापाको गौतम पोखरेल दोस्रो, झापाकै आशिष खतिवडा तेस्रो र सल्यानका रवीन्द्र महतोले सान्त्वना पुरस्कार पाए।
पहिलो हुनेलाई ल्यापटप, दोस्रोलाई डेक्सटप, तेस्रोलाई मोबाइल र शान्त्वनालाई स्क्यानर मेशिन पुरस्कारस्वरुप प्रदान गरियो । प्रतियोगिताका विजयीलाई २१०औँ लुइस ब्रेल डे को अवसर पारेर शनिबार यहाँ आयोजित कार्यक्रममा पूर्व प्रहरी नायब महानिरीक्षक रमेश खरेल र डा. वीरेन्द्रराज पोखरेलले पुरस्कार वितरण गरे। समाजका अध्यक्ष वासुदेव अधिकारीले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए ।
कार्यक्रममा नेपाल एष्ट्रोनोमिकल सोसाइटीले दृष्टिविहीनका लागि तयार पारेको खगोल विज्ञानसम्बन्धी सामग्री प्रदर्शन गरेको थियो । दृष्टिविहीन विज्ञानका क्षेत्रमा अघि बढ्न चाहे सोसाइटीले सहयोग गर्ने अध्यक्ष सुरेश भट्टराईले जानकारी दिरे ।