१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कूटनीतिक मर्यादाभित्र रहेर भेटघाट हुनुपर्छ : परराष्ट्रमन्त्री

अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली जापान नेपालको विकास र समृद्धिका लागि निःशर्त र निःस्वार्थ रुपमा सहयोग गर्ने घनिष्ठ मुलुक भएको बताएका छन् ।

केही समयअघि भएको आफ्नो जापान र अमेरिका भ्रमणका बेला त्यहाँ भएका भेटघाट र कुराकानीबारे प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा जानकारी गराउँदै उनले भ्रमणका क्रममा भएको छलफलपछि नेपाली श्रमिकका लागि जापानी श्रम बजारमा रोजगारी खुला भएको जानकारी दिए ।

नेपालको विकासको प्रमुख साझेदारको सूचीमा रहेको जापानको आर्थिक एवं प्राविधिक सहयोगमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, उदयपुर सिमेण्ट कारखाना, कुलेखानी जलविद्युत् आयोजना, बनेपा– बर्दिवास बिपी राजमार्ग निर्माण भएका हुन् ।

नागढुङ्गा–नौबीसे सुरुङमार्ग पनि जापान सरकारको सहयोगमा निर्माण हुने अर्को महत्वपूर्ण परियोजना हो । कृषि तथा मत्स्यपालनमा पनि जापानले नेपाललाई सघाउ पुर्‍याउँदै आएको छ ।

मन्त्री ज्ञवालीले भने, ‘भ्रमण समयमा दुवै देशका लगानीकर्तासँग भएको छलफलमा नेपाल राजनीतिक स्थायित्व कायम भई लगानीको चरणमा प्रवेश गरेको र लगानीको वातावरण बनिरहेका बारेमा जानकारी गराएको छु ।’

सन् १९८३ पछि अमेरिकी सरकारको निमन्त्रणामा विदेशमन्त्रीको हैसियतले भ्रमणका अवसर पाउनुलाई सुखद् क्षणका रुपमा लिएको बताउँदै परराष्ट्रमन्त्री ज्ञवालीले त्यहाँ भएका विभिन्न भेटघाटमा अन्तरराष्ट्रिय, क्षेत्रीय र द्विपक्षीय हित र चासोका विषयमा गहन विचारविमर्श भएको जानकारी दिए ।

विगतमा नेपालबाट औलो उन्मूलन गर्ने कार्यमा विशेष योगदान पुर्‍याएको अमेरिकाले सहस्राब्दी विकास लक्ष्य पूरा गर्न सहयोग पु¥याउने सन्दर्भमा नेपालमा विद्युत् प्रसारण लाइन विस्तार र सडक पूर्वाधार निर्माणका लागि ५ वर्ष अवधिमा खर्च गरिसक्ने गरी ५० करोड डलर सहयोगको घोषणा गरिसकेको छ ।

नेपालमा उत्पादित ७७ प्रकारका उत्पादनलाई अमेरिकाले पैठारी भन्सार छुटको व्यवस्था गर्दै आएको छ ।’अमेरिकालगायत मुलुकका लगानीकर्तामा नेपालप्रतिको आकर्षण बढ्दै गएको छ, यसलाई आर्थिक विकासमा कसरी लगाउन सकिन्छ भन्नेमा हामीबीच छलफल हुन आवश्यक छ’, मन्त्री ज्ञवालीले भने ।

पछिल्लो समय अमेरिका र नेपालबीच पर्यटक प्रवेशाज्ञामा आवतजावत गर्न नागरिका लागि प्रवेशाज्ञा शुल्कमा एकरुपता कायम गर्ने समझदारी भएको छ । नेपालमा उत्पादित विद्युत् भारतको विद्युत् ग्रीड प्रयोग गरेर अन्य मुलुकमा पठाउन सकिने व्यवस्थाले २ देशबीचको सम्बन्ध विस्तारमा ठूलो योगदान पुग्ने उनले विश्वास व्यक्त गरे ।

पूर्ववर्ती सरकारले नियुक्त गरेकै कारण राजनीतिक आधारमा नभई कार्य जिम्मेवारी मूल्याङ्कनका आधारमा राजदूत फिर्ता बोलाउने निर्णय गरिएको बताउँदै परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘राजदूतको मुख्य जिम्मेवारी र प्राथमिकता भनेको लगानी भित्र्याउने, पर्यटन प्रवर्द्धन गर्ने तथा व्यापार वृद्धि हो, त्यसका लागि आर्थिक कूटनीति हाम्रो प्राथमिकता हो भन्ने पक्षलाई राजदूतले बुझ्न आवश्यक छ ।’

कूटनीतिक मर्यादा कायम गर्ने सन्दर्भमा विदेशीलाई बढ्ता पहुँच भएको हो कि भन्ने पाटोलाई हेक्का राखेर भेटघाटलाई व्यवस्थित तुल्याउन र कूटनीतिक मर्यादाभित्र रहेर मात्र भेटघाट हुनुपर्छ भन्ने मान्यता अघि बढाउने अभ्यास गर्न लागिएको उनले बताए । समितिले कूटनीतिक सम्बन्ध र राजदूत नियुक्तिका सम्बन्धमा मन्त्री ज्ञवालीसँग जानकारी लिएको थियो ।

प्रतिक्रिया दिनुहोस