१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिविद्वारा स्ववियु निर्वाचनको तयारी शुरु

अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी थालेको छ ।

आगामी फागुन महीनामा स्ववियु निर्वाचन गर्न तयारी गरिएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकूद निर्देशनालयका कार्यकारी निर्देशक गङ्गाबहादुर थापाले जानकारी गराए । उनका अनुसार स्ववियु निर्वाचनको पूर्वतयारीका लागि देशभरका आङ्गिक र सामुदायिक क्याम्पसलाई परिपत्र पठाउँदै निर्देशन दिइसकिएको छ । परिपत्रमा २०७३ फागुन १८ गते भएको स्ववियु निर्वाचनबाट निर्वाचितको दुईवर्षे कार्यकाल समाप्त हुने भएकाले पूर्वतयारी गर्न/गराउन भनिएको छ ।

‘निर्वाचनमा सबै विद्यार्थी सङ्गठनलाई समेटी देशभरका सबै क्याम्पसमा स्ववियु निर्वाचन गर्नेछौं,’ उनले भने,’निर्वाचनको मिति तोकिसकेपछि र निर्वाचनको कार्यतालिका निकाल्नुभन्दा अघि विद्यार्थी सङ्गठनसँग छलफल गर्नेछौँ ।’उनले त्रिवि कार्यकारी परिषद्को बैठकले चाँडै नै स्ववियु निर्वाचनको मिति तोक्ने जानकारी गराए ।

गत निर्वाचनमा २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीअनुसार निर्वाचन भएको थियो । उनले अघिल्लो पटक विभिन्न कारण स्ववियु निर्वाचन सम्पन्न गर्न नसकेका क्याम्पसमा समेत यस वर्ष विद्यार्थी संघ–सङ्गठनको सहमतिमा निर्वाचन गरिने बताए । गत निर्वाचनमा ६० मध्ये २६ आङ्गिक क्याम्पस र ८० वटा सामुदायिक क्याम्पसमा निर्वाचन भएको थियो ।

त्रिविका ६० आङ्गिकसहित एक हजार ८३ क्याम्पस रहेका छन् । त्रिविले अध्यक्ष, सचिव र कोषाध्यक्षसहित ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन र उपाध्यक्ष, सहसचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीमा निर्वाचन गर्दै आएको छ ।

अनेरास्ववियुका (क्रान्तिकारी)का अध्यक्ष रञ्जीत तामाङले स्ववियु निर्वाचन गर्ने त्रिविको तयारीलाई स्वागतयोग्य बताएका छन् । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले निर्वाचनको प्रणालीबारे कुनै विवाद नभएकाले आफ्नो सङ्गठनले निर्वाचनमा सहभागिता जनाउने बताए । अनेरास्ववियुका महासचिव ऐन महरले स्ववियु निर्वाचनबारे विद्यार्थी सङ्गठनमा कुनै विवाद नरहेकाले त्रिविलाई निर्धारित मितिमा नै निर्वाचन गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस