१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरगन्ज महानगरपालिकाका कर्मचारी आन्दोलनमा कार्यकारी प्रमुख भूसाल सरसफइमा

अ+ अ-

वीरगन्ज । सोमबार बिहान वीरगञ्जको महानगरपालिकाका कार्यकारी प्रमुख नै झाडुलिएर सडक बढार्न थालेपछि कतिपय महानगरवासी आश्चर्य चकित भएका थिए । बिहानै हातमा झाडु र मुखमा मास्क लगाएर कार्यकारी प्रमुख डा.भिष्मकुमार भूसाल सडकमा ओर्लिएपछि मर्निगवाकमा निस्केका सर्वसाधारण देखि लिएर स्थानिय संचारकर्मीसमेत आश्चर्य चकित भएका थिए ।

कर्मचारी आन्दोलनका कारण सडकमा जथाभावी फोहोर थुप्रिएपछि महानगरको सरसफाइमा प्रमुख प्रशासकिय अधिकृत डा.भिष्मकुमार भुसालले विभिन्न समाजिक संघसस्थाहरुसंग सहकार्य गर्दै सोमबार विहान देखि आफै सरसफाइ अभियान चलाएको बताए । नरको सरसफाइ बन्द भएपछि सडकमा फैलिएको दुर्गन्धलाई व्यवस्थीत गर्न सोमबार बिहान देखि सरसफाइलाई अभियान सुरु गरिएको बताउदै कार्यकारी प्रमुख डा.भिष्मकुमार भूसालले समाजिक अभियन्ता तथा प्रहरीको सहयोगमा सरसफाइ आन्दोलनसम्म निरन्तर्ता दिइने बताए ।

सडकमा जताततै फोहोर थुप्रिएपछि समाजिक अभियन्ता, प्रहरी र सर्वसाधारणको सहयोगमा फोहरलाई आफैैं उठाउन अभियान आज देखि कार्यकारी अधिकृत भूसालको पहलमा सुरु गरिएको छ । व्यवस्थिति वीरगञ्ज अभियानका अभियन्ता, प्रहरी र सर्वसाधारणले वीरगन्जको मुर्ली देखि बिर्तासम्मको फोहोर उठाएका हुन् । उनीहरुले बिहान सरसफाइ कर्मचारीहरुले जसरी नै सडकमा थुपारिएको फोहोर उठाएर ट्याक्टरमा हालेर गन्तव्यमा पुर्‍याएका हुन् । फोहोर संकलनका लागि भाडाको ट्याक्टर प्रयोग गरिएको थियो ।

सरसफाइ कर्मचारीहरुलेसमेत काम ठप्प पारेपछि महानगरपालिका दुर्गन्धित बन्दै गएपछि समुदाय–प्रहरी साझेदारी मार्फत व्यवस्थित वीरगञ्ज अभियानका अभियन्ता, ग्रिनसिटी सामुदायिक लगायतको सक्रियतामा नगरको सरसफाइ गरिएको हो ।

। घण्टाघरदेखि मुर्लीचोकसम्म एक टोली र घण्टाघरदेखि दक्षिणतर्फ अर्को टोली गरी दुई टोली बनाएर सरसफाइ गरिएको थियो । दिउसो विभिन्न वडाहरुमा जननिर्वाचित प्रतिनिधिहरुले पनि यो अभियानलाई निरन्तर्ता दिएको डा.भूसालले बताए ।

बिहान ६ बजेदेखि नै सफाइको काम शुरु गरेका उनीहरुले ९ बजेपछिसम्म पनि सरसफाइ गरेका थिए । मुख्य सडकबाट मात्रै ५ ट्याक्टर फोहोर संकलन गरेको थियो ।कार्यकारी अधिकृत भूसाल र समाजिक अभियन्ताहरुले फोहोर संकलन गर्न थालेपछि स्थानीय बासिन्दाले पनि सघाएका थिए ।

प्रतिक्रिया दिनुहोस