१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’को तयारी अन्तिम चरणमा

अ+ अ-

काठमाडौं । नेपालमा पहिलोपटक हुन लागेको ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’को सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना, नेपाल पर्यटन बोर्डको सहकार्य तथा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)ले कार्यान्वयन गर्ने उक्त मार्टको तयारी अन्तिममा पुगेको हो ।

लुम्बिनीलाई विश्वकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यसाथ जनवरी १० देखि १२ सम्म रुपन्देहीको लुम्बिनीमा हुन लागेको उक्त मार्टमा १५० बढी स्वदेशी तथा विदेशी पर्यटन व्यवसायीको सहभागिता रहने नाट्टाका महासचिव रमेश थापाले जानकारी दिए ।

मार्टमा भाग लिन विभिन्न देशका दुई दर्जन सहभागी नेपाल आइसकेका छन् । मार्ट सञ्चालनसँगै लुम्बिनी, भैरहवा, तानसेन, पाल्पा, तौलिहवा, निग्लिहवा, कुदान, रामग्राम, देवदह, कपिलवस्तुलगायतका पर्यटकीय, धार्मिक एवं पुरातात्विक महत्वका स्थानको प्रवर्द्धन हुने नाट्टाले विश्वास लिएको छ ।

बुद्धको जन्मभूमि रहेको लुम्बिनीमा हुने मार्टमा ‘विजनेश टु विजनेश मिटिङ’, बुद्ध पर्यटन प्रवर्द्धनका लागि छलफल, आन्तरिक पर्यटन प्रवर्द्धनलगायतका विषयमा छलफल हुने नाट्टाले जनाएको छ ।

मार्टमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्र, अन्तर्राष्ट्रिय ट्राभल संघका अध्यक्ष सुनिल कुमार, भिजिट नेपाल २०२० का संयोजक सुरज वैद्य, अष्ट्रेलियाका प्रतिनिधि स्टेभ कैमिसलगायतले बुद्ध पर्यटनको विकासका बारेमा आफ्नो भनाइ राख्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस