११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकास र समृद्धिका लागि राष्ट्रिय सहमति आवश्यक : अध्यक्ष प्रचण्ड

अ+ अ-

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास निर्माणका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।

भरतपुर महानगरपालिका–१९ स्थित किरण अमरजङ्ग माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको आज उद्घाटन गर्दै उनले भने, ‘राष्ट्रिय सहमतिकै आधारमा नेपालमा धेरै ठूलठूला परिवर्तन भएको छ, मुलुकको विकास र समृद्धिका लागि पनि राष्ट्रिय सहमति आवश्यक छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले राष्ट्रिय एकतालाई बलियो बनाउनका लागि सबै दल एक हुनुपर्ने बताउँदै हामी सबैको सहमतिमा आएको संविधान र शान्ति प्रक्रियालाई पूर्णता दिन पनि राष्ट्रिय सहमतिको आवश्यकता छ भने ।

उनले भने,’अब विकास निर्माणमा आपसमा लडाइँ झगडा गरेर होइन, मिलेर राष्ट्र बनाउने संकल्पमा पनि हाम्रो राष्ट्रिय सहमति आवश्यक छ, यसका लागि म र हाम्रो पार्टी प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेससँग लगातार संवादमा छौँ ।’

अध्यक्ष दाहालले राष्ट्रिय सहमतिबाट नै नेपालको संविधान बनाइएको छ, यसलाई परिमार्जन गरी विकास गर्दै लैजाने जिम्मा पनि राजनीतिक नेतृत्वकै छ भन्दै हामीले बनाएको संविधान साँचिकै मौलिक छ, यसलाई सफल पार्ने दायित्व पनि निर्माण गर्नेहरुकै हो बताए ।

सात राजनीतिक दलका तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, माओवादी आन्दोलनबीचमा आफूले हस्ताक्षर गरेर शुरु भएको शान्ति प्रक्रिया पनि अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उनले अहिले शान्ति प्रक्रिया अन्तिम दौडमा रहेको र यसका लागि राष्ट्रिय सहमति गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य दलसँग बैठक राखी राखेको बताए।

अध्यक्ष दाहालले अबको दशक विकासको दशक रहेको बताउँदै यो दशकमा चितवन र भरतपुर महानगरपालिकालाई नमूना बनाउने प्रतिवद्धता व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र गुरुङको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा राष्ट्रियसभा सदस्य पार्वती रावल, प्रदेशसभा सदस्य बलराम पौडेल, भरतपुर महानगरपालिका–१९ का वडाध्यक्ष कर्णबहादुर गुरुङ, विद्यालयका पूर्वसञ्चालक समिति अध्यक्ष मेखबहादुर तामाङ, विद्यालयका प्रधानाध्यापक मैतसिंह तामाङलगायतले विद्यालयको विकास र वर्तमान शिक्षा प्रणालीका विविध पक्षमाथि प्रकाश पारे ।

प्रतिक्रिया दिनुहोस