१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बोटबाटै सुन्तला बिक्री

अ+ अ-

बलेवा । बारीभरि लटरम्म फलेको सुन्तला यहाँका किसानको मुख्य आयस्रोत हो । कोदो फल्ने बारी र धान फल्ने खेत मासेर किसानले सुन्तलाको बगान बनाएका छन् ।

बागलुङ नगरपालिका–८ सिगानाका किसानलाई यतिबेला सुन्तला बेच्न भ्याइनभ्याई छ । सुन्तला बिक्री गर्न किसान हतारमा छन् । समयमै सुन्तला नटिपे नयाँ फुल नलाग्ने र अर्को वर्ष उत्पादनमा कमी आउने किसानलाई चिन्ता छ । सिगानाको सुन्तला खरिद गर्न व्यापारीलाई पनि उत्तिकै हतार छ । सुन्तला खरिदका लागि उनीहरुबीच हानथाप हुने गरेको छ ।

व्यापारी बगानमै पुगेर मोलमोलाइ गर्न थालेका छन् । पोखरा, चितवनदेखि बागलुङ र म्याग्दीसम्मका व्यापारी सुन्तला खरिद गर्न आउन थालेका बागलुङ नगरपालिका–८ सिगानाका वडाध्यक्ष राजन जिसीले बताए । “सुन्तला खरिद गर्न दैनिक व्यापारी आउन थालेका छन्”, उनले भने, “उचित मूल्य दिनेहलाई किसानले बगाननै ठेक्कामा दिन थालेका छन् ।”

सिगानामा साना–ठूला गरी ७० बगान छन् । बजारसम्म पु¥याउँदा दोब्बर फाइदा लिन सकिने भएकाले व्यापारी यहाँको सुन्तलाप्रति आकर्षित भएको जिसीले बताए । बगानमै ठेक्का लिँदा प्रतिकिलो रु ४० देखि रु ५० सम्ममा सुन्तला बिक्री भइरहेको छ । बजारमा प्रतिकिलो रु १०० भन्दा बढीमा बिक्री हुने गरेको छ ।

डोके व्यापारीले समेत बगानबाट प्रतिकिलो रु ५० मा उठाएको सुन्तला बजारमा रु १०० का दरले बिक्री गर्ने गरेका छन् । सुन्तला बिक्रीबाट गत वर्ष झण्डै रु एक करोड गाउँमा भित्रिएको थियो । यसपाली गत वर्षभन्दा सुन्तला कम फलेको कृषक अनन्त खड्काले बताए ।

व्यापारी बगानमै आउन थालेपछि किसान उत्साहित बनेका छन् । “बगानबाटै व्यवसायीले सुन्तला उठाउँदा टिप्ने, स्तरीकरण गर्ने र बिक्रीका लागि ढुवानी गर्ने झण्झट कम हुन्छ”, खड्काले भने। रासस

प्रतिक्रिया दिनुहोस