काठमाण्डौ । महानगरीय प्रहरी प्रभाग नागढुङगाले चक्कु प्रहार गर्ने १ जनालाई पक्राउ गरेको छ । प्रहरीले यहि २५ गते १३:३० बजे चन्द्रगिरी नगरपालिका २ बाडभञ्ज्याङ स्थित श्रेष्ठ ग्यारेजमा काम गर्दै आएका कैलालीका ललित शाहि र बाजुराका ललित लुहार बिच झैझगडा हुदा ललित लुहारले चक्कु प्रहार गरी ललित शाहिलाई घाईते बनाएका थिए ।
घाईते शाहीको ओमसमाज अस्पताल सतुंगलमा उपचार भईरहेको छ भने चक्कु प्रहार गर्ने ललित लुहारलाई चक्कुसहित प्रहरीले पक्राउ गरेको छ ।
घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ ।